![]() |
| फाइल फोटो |
महोत्तरी चैत ९ गते । मिडिया फाउण्डेशन नेपालले तीन वर्षदेखि शुरु गर्दै आएको गुफा रिर्पोटिगं कार्यक्रम यसवर्ष महोत्तरीमा आज सम्पन्न भएको छ । सुगाभवानीपट्टी गाविसमा आयोजना गरिएको ७२ घण्टे ग्रामिण मिडिया गुफा कार्यक्रमको छैटो संस्करण मंगलबार सम्पन्न भएको फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनका अनुसार रिपोटिंग र लेखन चुनौतीका लागि आयोजित गुफा कार्यक्रममा महोत्तरीलगायत बैतडी, दोलखा, काठमाण्डौं, धादिङ्ग, पर्सा जिल्लाका पत्रकारहरुको सहभागिता रहेका थियो ।
कार्यक्रममा ८ जना पत्रकारको सहभागिता थियो । कार्यक्रममा पत्रकारहरुले कुनै प्रविधिको प्रयोग नगरि घर घर गई स्थानीयसँग भेटधाट, सोधपुछको आधारमा ७२ घण्टासम्ममा एउटा फिचर तयार गरेका थिए । सबै पत्रकारहरुले एउटा एउटा फिचरको जिम्मेवारी पाएका थिए ।
सो गुफा कार्यक्रममा गोरखापत्रका पत्रकार नागेन्द्रकुमार कर्ण (महोत्तरी), बिम्मी शर्मा (पर्सा), दिलबहादुर केसी (दोलखा), बाबुराम फ्यूवा (धादिङ्ग), लोकेश साउद (बैतडी), प्रतिमा सिलवाल, प्रसन्न पाण्डे, सन्दीप दाहाल (काठमाण्डौ) को सहभागिता थियो ।
महोत्तरीका वरिष्ठ पत्रकार कृष्णचन्द्र झाको प्रमुख आतिथ्य तथा ब्रोडकास्टिङ्ग एशोसिएशन वानका अध्यक्ष गोपाल झाको अध्यक्षतामा भएको समापन कार्यक्रमममा मिडिया फाउण्डेशनका निर्देशक डा.धर्मानन्द अधिकारीले तीनवर्ष पहिला शुरु गरीएको गुफा कार्यक्रममा न्यू मिडिया र ग्रामिण मिडिया बीचको अन्तर अध्ययन गर्नुका साथसाथै पत्रकारितालाई मर्यादित बनाउन सहयोग पुगेको बताए ।



तपाईको प्रतिक्रिया