Khadya Bibhag

११ लाखको झण्डा (हेर्नुस भिडियो)

गौशाला, १० चैत । महोत्तरीको परिकौली फुल्हट्टा गाविसमा ११ लाख रुपियाँको लागतमा आधुनिक महाविर झण्डा निर्माण गरिएको छ ।

[youtube=http://www.youtube.com/watch?v=RKg70onSHFc&w=320&h=266]

परिकौली फुल्हट्टा गाविस–८ स्थित पोखरीको डिलमा १०५ फिट लामो ११ फिट चौडा महाविरी झन्डा निर्माण गरिएको श्री महावीर झण्डा पूजा समितिका अध्यक्ष विजयप्रसाद सिंहले बताए ।

मोटरमाथि अत्याधुनिक प्रविधिबाट बनाइएको सो झण्डा चारैतिर नाचिरहेको छ भने झन्डामा हनुमान, अर्जुन र घोडाहरु बोलिरहेका छन् ।

सो अत्याधुनिक झन्डा मेलाको आज महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले विशेष पूजाआजा गर्दै समुद्घाटन गरे । झुला, नाच, महिला र पुरुषका पहलवानी, झरिझीसहितका आकर्षणका साथ सुरु भएको सो झन्डा मेला आजदेखि आउँदो १० दिनसम्म चल्ने छ । सो झन्डा मेलामा नेपाल तथा भारतका करिब पाँच लाख भक्तजनले अवलोकन गर्ने अनुमान पूजा समितिले गरेको छ ।

तपाईको प्रतिक्रिया