Khadya Bibhag

अनसनकारी भन्छन्, सारिएको कार्यालय पुनःस्थापना गर

रौतहट, ७ चैत । भूमि सुधार तथा व्यवस्था मन्त्रालयअन्तर्गत रहेका जिल्ला मालपोत कार्यालय र भूमि सुधार कार्यालयका कामकाज सोमबारदेखि ठप्प भएको छ ।

उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन र ज्येष्ठ नागरिक समाजको अगुवाइमा रिले अनशनमा जारी भएपछि ती कार्यालयको कामकाज ठप्प भएको हो ।

कामकाज ठप्प भएका कारण राजस्व ठप्प भएको सो कार्यालयले जनाएको छ । रिले अनशनका कारण सर्वसाधारण मारमा परेको सेवाग्रहीले बताएका छन् ।

गौर सदरमुकामबाट सारिएको कार्यालय गौरमा पुनःस्थापना गर, राज्य पुनःसंरचना नभएसम्म सेवा केन्द्रको नाउँमा कार्यालय सार्ने निर्णय फिर्ता गरजस्ता माग राखी आन्दोलित नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनलाई एकबद्धता जनाउँदै आज छैठौँै दिन रौतहट बार एसोसिएसनका पदाधिकारी रिले अनशनमा बसेको जनाइएको छ ।

रौतहट बार एसोसिएसनका सुरेश तिवारी, किशोर राउत, हेमचन्द्रलाल कर्ण, रम्भु महतो, नागरिक समाजका महेन्द्र सिंह, सुधीर प्रसाद केशरी, जयराम महतो, अनिरुद्ध केशरी, श्रीभगवान् राउत, काशीकान्त ठाकुर, प्रेम शङ्कर पसाद्र श्रीवास्तव, सत्येन्द्रप्रताप सिंह, मधेसी पत्रकार समाजका विनयलाल दास, उपाध्यक्ष प्रभा सिंह, सचिव दिनेश संगम, कोषाध्यक्ष विवेककुमार साह, सदस्य राम एकवाल साहलगायतका पदाधिकारीहरु मालपोत कार्यालयको परिसरमा रिले अनशनमा बसेको जनाएको छ । 

तपाईको प्रतिक्रिया