सर्लाही, ७ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेसीको अधिकार सुनिश्चितताका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सर्लाहीको हरकठवामा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले पहिचानसहितको मधेस प्रदेशका लागि आफू अनवरत लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मधेस आन्दोलनपछि सरकारसँग भएको सम्झौता अक्षरशः पालना नभएसम्म मधेस र मधेसी जनता अधिकार सम्पन्न नहुने उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले नेपाली काँग्रेस र नेकपा ९एमाले० पहिचानसहितको सङ्घीयतामा लचक भए एमाओवादी राज्य पुनःसंरचना र शासकीय स्वरुपमा हदैसम्मको लचकता अपनाउन तयार रहेको उल्लेख गर्नुभयो ।



तपाईको प्रतिक्रिया