–राजेन्द्र महर्जन
आफू र आफू जस्तालाई मात्रै मान्छे ठान्नेहरुले उनिहरुलाई मनुष्य देख्दैनन्, मानवीय पहिचान विनाको मधिश मात्रै देख्छन । तिनीहरुको लागि मधेशीहरु मानिस होइनन्, मानिस बाहेकका अरु कुनै प्रजातीका प्राणी हुन सायद । र त तिनीहरु भन्ने गर्छन्, मनु मखु, मस्र्या खः (मान्छे होइन, मधिशे हो) ।
‘मस्र्या’ धेरैजसो नेवारहरुले मधेशी र भारतीयहरुलाई सम्बोधन गर्ने शब्द हो । यस शब्दको इतिहास खोतल्दा पहिलेदेखि चल्दै आएको मधेशीया शब्दसम्म पुगिन्छ जसको नेवार जिब्रोबाट सरलीकृत उच्चारण ‘मस्र्या’ भएको हुन सक्छ । तर, यस शब्दको इतिहास र अर्थ जेजस्तो भए पनि बोलाई र संंकेतमा हेपहा प्रवृति देखियो भने, सम्बोधित व्यक्ति र समुदायलाई हेपिएको अनुभुति भयो भने समस्या आईलाग्छ नै । अहिले ‘मस्र्या’ सम्बोधनलाई उपेक्षा अपमान र हेला गरेर ठान्ने स्थितिमा नेवार जिव्रो र मानसिकतामा परिवर्तन जरुरी भईसकेको छ । त्यसमा मधेशीहरुलाई मानिसै नगन्ने बोली बचन र कर्म र संस्कृती जो कसैमा बाँकी छन् भने ती सबै तुरुन्तै त्याग्न योग्य छ । होइन भने त्यस्ता मानिसहरु पनि अन्य सत्ता शक्ति र सम्पतिका एकाधिकारी समुदाय व्यक्ति र वर्ग र व्यक्तिकै मानसिकताको दास भएको ठहरिनेछन् । तिनीहरुले पनि अन्य समुदायलाई उपेक्षा हेला र अपमान नै गर्ने तथा मानवीय आचरण चाहीँ नगर्ने सिद्ध हुनेछ ।
त्यस्ता सबैजसो व्यक्तिको आखाँमा धनी र गरिब मधेशीहरु मानिस होइनन् भन्ने छाँया कवि झल्कनु अनौठो होईन । वास्तवमा तिनीहरुका आखाँ नै खराब होईनन् खराब त हेराई हो, दृष्टिकोण हो । कुन कोणबाट अन्यजनहरुलाई हेरिएको छ, त्यही हेराईको अधारमा बन्छन् धारणा र विचार पनि । काठमाडौँ होस् वा पहाड हिमाल होस् या तराई जहाँ बस्ने मानिसको पनि एकाङगी हेराई समस्या नै हो, चाहे जुनसुकै समुदायको किन नहोस् । तिनीहरुको आखाँ, तिनीहरुको हेराई र तिनीहरुको धारणा देखेपछि असमान र अन्यायपूर्ण समाजिक संरचना तथा त्यसबाट बन्ने दृष्टिकोण फेर्नु पर्ने अभास जर्वजस्त रुपमा अनुभूत हुन्छ ।
पहाडी हेराइ
तिनीहरुले काठमाडोँबाट मात्रै हाईन अन्य पहाडी क्षेत्रबाट र तराईबाट हेर्दा पनि देख्छन, मधेशीहरु त उसिलो भुभाग तराईमा बस्ने धोती हुन् । मधेशीहरु आफ्नो र हिमाल र पहाडको मुलुकका नागरीक हुन कि होइनन् ? तिनीहरुको मनमा सधैँ शङका उब्जीरहन्छन् । तराई पनि आफ्नो देश नेपालकै अङग हो कि पहाडको उपनिवेश मात्रै हो, तिनीहरुको मस्तिस्कमा अविश्वासको बादल मडराई रहन्छ । शिकार खेल्न, कर र बाली उठाउँन मात्रै तराई झर्नेहरुको आँखामा हरुवा चरुवा, कमैया, कमलरी, गोठाला, खेताला, वा बँधुवा मजदुरहरु कसरी मानिस हुन सक्छन् ? आफ्ना वीरता र जमिन्दारीमा काम गर्ने ल्याईएका ज्यामी र कामदारहरुले कसरी नागरीकको हैसीयत पाउँन सक्छन् र ?
टाउकोमा पाल्पाली ढाका टोपी वा भादगाउँले कालो टोपी, जिउमा दाउरा सुरुवाल र कोट लगाएर राष्ट्रवादी चस्मावाट हेर्दा धोती र कुर्ता लगाउनेहरु कसरी राष्ट्रवादी देखिएलाँन् ? पहाडलाई नै राष्ट्र ठान्ने र आफूलाई पहाडी मुलुका शासक मान्ने मयलपोसे पर्वतहरुको हेराईमा राष्ट्रभाषा नेपालीहरु समेत राम्ररी बोल्न नजान्नेहरु कसरी दशी हुन्छन् । आफ्नो मातृभाषा मैथिली भाषा, भोजपुरी, अवधी, थारुमात्रै होईन, हिन्दी पनि बोल्ने, अनेपाली भाषाहरु कसरी नेपाली हुन सक्छन् ? हो यस्तै यस्तै प्रश्न उठ्छन् । आफूलाई मात्रै मान्छे, नेपाली, नेपालका नागरीक प्रायः जसोको मनमा छ ।
त्यसमा पनि कालो वर्णको अनुहार, पान चपाएको मुख, टोकरी बोकेको हात देखेपछि, खाली सिसी पुराना कागजको अवाज सुनेपछि, तिनीहरुको मस्तिष्कमा भारतीय भैयाको छबिले घर बनाईहाल्छ । र, उसको दिलमा नाट्य सम्राट बालकृष्णसम्मले गुन्जाएको हाम्रो राजा, हाम्रो देश, हाम्रो भाषा, हाम्रो भेष, को नारा गुन्जिन पुग्छ । र योगी नरहरीनाथदेखि राजा महेन्द्रसम्मले उरालेको एक भाषा, एक भेष, र एक देशको राष्ट्रवादले गाँज्न थालिहाल्छ । अनि त सबै मधेशीलाई देशी होईनन् विदेशी ठान्न थालिन्छ । सबै धोती बालालाई स्वदेशी होईनन् भारतीय अप्रवासी मान्न थालिन्छ ।
यसरी मधेशीहरु बारे छवी बन्ने र बनाइने बाहिरियाहरुको नजरीया आफैमा नस्लवादी, रङगभेदवादी, र अन्धराष्ट्रवादी खालको छ । उनीहरुलाई अमानुषका रुपमा हेर्ने अमानवीयता छ । र, उनीहरुप्रति गरिने भेद्भावमा पहाडमात्रै देश ठान्ने क्षेत्रियतावादी सोचाइ छ । यस्ता दृष्टिकोण, सोचाई र व्यवहारले पहाडी र मधेशबीच दुरी बढाउँछ । मानिस मानिसबीच पृथकताको खाडल फैलाउँछ अनि हेला होचोेसँगै विभेद र उपेक्षा भोगेका सीमान्तकृत र बहिष्कृत समुदायमा आक्रोश र विद्रोहको ज्वाला समेत भडँकाउँछ ।
बहिष्कारवादी आइडियोलोजीको छायाँ
यसको अर्थ के हो भने पक्षपाती र एकाधिकारी नीति लिने राज्य मात्रै समस्याका कारण नहुन सक्छ । त्यस राज्यको बहिष्कारवादी आइडियोलोजीबाट औपनिवेशीकृत भएको जनमानस पनि समस्याको उतोलक हुन सक्छ । राज्यको सञ्चालकको मात्रै होइन, राज्यको नागरीकहरुका दृृष्टिकोण, सोचाइ र व्यवहारका कारण पनि केही जातजाती, समुदाय, र क्षेत्रको अन्य करणसँगै बिद्रोहीकरण पनि भइरहेको हुन सक्छ । अरु माथी आफ्नो क्षेत्रको प्रभुत्व लादने आफ्ने भाषा, भेषभुषा, सँस्कृती र धर्म थोपर्ने संस्कारीलाई निरन्तरता दिइयो भने अन्यकरण अझ तीब्र र व्यापक हुन्छ नै ।
यस्तो अन्य करणले सदभाव, सहिष्णुता र सहकार्यलाई त खरानी पार्छ नै, त्यस्तो खरानीबाट आक्रोश र विद्रोहको फिनिक्स पन्छी मात्रै जन्माउँछ । यस अर्थमा समाजिक बहिष्करण नै विकाशको बाधक र विद्रोहको कारकको रुपमा रहेको तथ्य बुझ्न जति ढिलो गरिन्छ, जति बेवास्ता गरिन्छ वा जति दबाईन्छ, त्यती मात्रामा समाजमा सद्भाव, शान्ति, न्यायको खडेरी भईरहन्छ । पटक पटक भएको मधेश विद्रोह र अन्य समाजिक आन्दोलनले यही तथ्य देखाईसकेका छन् । तर पनि पहाडवादी राज्य, त्यसका सञ्चालक दलहरु र त्यसका नागरीकहरुले आफ्ना दृष्टिकोण र सोचाई र व्यवहारमाथी संदेह एवं प्रश्न उठाएका छैनन्, समिक्षा र सुधार गर्ने आशा त टाढाकै विषय भएको छ । बरु अन्य समुदायले पहाडी वर्चश्व भएको राज्य विरुद्ध टाउँको उठाँउदा समाजिक सदभाव विथोलिने आरोप लगाएर आफ्ना प्रभुथ्वलाई कायम राख्न खोजिएको देखिन्छ । वास्तवमा नेपाली समाजमा साच्चैँ नै समाजिक सद्भाव कायम गर्न मनसाय हो भने धेरै गर्न पर्दैन, अन्यजनका आखाँवाट आफ्नो विचार र क्रियाकलाप हेरिदिए पुग्छ । अन्यजनको दृष्टिबाट आफ्ना विचार र व्यवहार हेर्दा आफू कति विवेकी, नैतिकवान, न्यायप्रेमी र लोकतान्त्रिक रहेको तथ्य पनि बोध हुन्छ ।
आफ्ना दृष्टिकोण, सोचाई र व्यवहारलाई अन्य वर्ग क्षेत्र, लिङग, जाती र समुदायको नजरले हेर्ना साथै थाहा हुन्छ । उनीहरुको खास समस्या र पिडा के हुन, उनीहरुका दुःख र असन्तुष्टिका स्रोत कहाँ छ, अनि उनीहरुको आक्रोश र विद्रहलाई सामाधान गर्ने उपाय के हुन सक्छन् ।
बाहरीया र भित्रियाहरुको नजारी बुझ्ने बुझाउने मामिलामा नेपाली समाजमा ठूलै साँस्कृती समस्या छ, विभाजनकारी राज्य र समाजका कारण । एकातिर नेपाली समाजमा आफ्नै समस्याको सही पहिचान गर्न नसक्ने र पहिचान गरिएको समस्याको पनि उचित समाधान खोज्न सक्ने बौद्धिकस्तरको विकासको अभाव हटेको छैन । यसमा सबभन्दा बढी जरुरत छ, अन्य तर्फ र विचार सुन्ने वैचारीक सहिष्णुताको । वैचारीक सहिष्णुता भनेको दुवै समुदायले एकले अर्कालाई चिन्न र त्यसका समस्यालाई आत्मसात गर्न समाधान पहिल्याउन सँस्कृतीको द्योतक हो ।
अर्कोतिर आफ्नो समस्यालाई मात्रै सर्वोपरि पीडा ठान्ने र अरु पीडितका समस्यालाई बेवास्ता गर्ने वा उनीहरुको पीरमर्का बारे एक शब्द नबोल्ने अवस्था पनि घटेको छैन । उपेक्षित समुदायको आन्दोलन नेतृत्व गर्ने जुनसुकै व्यक्ति र शक्तिले पनि आफूलाई भोग्दै आएको समस्यालाई आफ्नो मात्रै समुदायका समस्याको रुपमा बुझ्ने र समस्या समाधानका लागि पनि आफै मात्रै लाग्ने सङकीर्ण सोचाई बोक्नु हुँदैन । उनीहरुले यी समस्यालाई नेपाली समाजका राजनीतिक, आर्थिक साँस्कृतिक रुपान्तरणका समस्याको. रुपमा अझ अन्य समुदायको मात्रै होइन । सिङगो राष्ट्रको मुद्दाको रुपमा बुझ्ने र अन्य समुदायसँग सहकार्यबाट मात्रै यस्ता समस्या समाधान गर्न सकिने अर्थमा व्यवहारीक काम थालनी गर्नु आवश्यक जरुरी छ ।
जो सत्ता र सम्पतिको नजिक छन्, उनीहरुको लागि त अन्यजनका समस्या समस्यै होइनन् भन्ने झै लाग्दो रहेछ । तर अरु वर्ग र समुदायका समस्याप्रति अलिकति मात्रै सहानुभूती राख्नेहरुले भने आफ्नो बोधको स्तर विकास गर्ने सघाउने काम गर्नु जरुरी छ । बहरीयाहरुले भित्रियाको दृष्टिकोणले उनीहरुको समस्या बोध गर्ने मामिलामा डा. हर्क गुरुङको भनाई मान्य छ ।
मधेशी समाज पनि भाषा, जातजाती, सँस्कृतीमा एकात्मक छैनन्, न त मधेशी समाजलाई हेर्ने आँखा नै एकाङगी हुनक्छन् । मधेशी समाजभित्र सबैभन्दा तल्लो हैसियतमा राखेको डोम प्रति मात्रै होईन, मधेशकै दलित र गैरदलितको दृष्टि र मानवीय हुनुपर्छ । तराई मधेशमा बस्ने आदीवासी जनजाती थारुहरुले मधेशी क्षेत्रिय पहिचान जर्वजस्ती गाभिने वा अलगिने विषयमा प्रश्न उठेका छन् । अव राज्य पुनसंरचना गर्दा क्षेत्रिय भाषिक र साँस्कृतीक उत्पिडनमा परेका मधेशलाई कुनैपनि तर्कका अधारमा बेवास्ता गर्न सकिदैन दुई वा दुई भन्दा बढी मधेश प्रदेश बन्दा मधेशभित्रकै अल्पसंख्यकको जातजातीको सहभागितालाई पनि वास्ता गर्नु जरुरी छ । यसको अर्थ एक्लै अर्को पक्षको ससंवेदनशिलता लाई हेर्ने आँखा र समस्यालाई अनुभुत गर्ने मनविना न राज्यको पुनसंरचना हुन सक्छ, न त समाजको संरचना र समाजिक प्राणीहरुको मनको पुनसंरचना हुन सक्छ ।
जे होस् ,आफुलाई सर्वोपरि मनुवा सबैबाट पीडित मान्छे नठान्ने र सबै नै समान मानिस हौ भन्ने तितो तर औषधी जस्तो गुणिलो सत्य स्वीकार्नै मानसिकता पहाडी र मधेशी समुदायमा मात्रै हाईन । जुनसुकै समुदायमा हुनुपर्छ । जो कोहीले अरुको आखाँबाट आफ्ना विचार र व्यवहारलाई हेर्ने सकेमा यस्तो सत्य स्वीकार्न गाह्रो हुदैँन न त एकाधिकारवादी समाजिक संरचना नै फेर्न असम्भव हुन्छ । उपेक्षित समाजिक समुहहरुको मुद्दा समाधान गर्ने गरी समाज र राज्यको पुनः संंरचना गर्न अभियानलाई सघाउन गैरउपेक्षित समुदाय र त्यसका सदस्यहरुको दायित्व हो । उनहिरुले पनि उपेक्षितहरुसँग हातमा हात मिलमउन सके आफ्ना समुदायमाथी लाग्दै गरेको आरोप पनि केही हदसम्म मेटदैँ जानेछ ।
वास्तवमा भेदभाव उत्पीडन, अन्याय, र असमानताले कुनै पनि वर्ग र समुदायका मानिसलाई साच्ँचैका मानिस बन्ने अनुमति दिएका छैनन् जनतालाई नागरीक बन्ने अनुमति दिएका छैनन् । नागरीकलाई पनि देशका मालिक बन्नबाट पनि छेकथुन गर्दै आएका छन् । यस्तो छेकथुनले पहाड वा तराईका ब्राम्हण, क्षेत्री, र नेवार समुदायका सदस्यहरुलाई समग्र मानव बन्न र मानवीकरण हुनबाट बञ्चित गरिरहेको त्रासदीबारे सबैले राम्ररी हेक्का राख्नु जरुरी छ । अतः सबै उपेक्षितवर्ग र समुदायलाई भेदभाव, उत्पीडन, अन्याय, र असामनता जस्ता समस्याबाट मुक्त हुन स्वतन्त्र मानव बनाउन सक्रिय हुनु हो यस्तो मानवीकरणको सत्कर्ममा न्याय, सामता, र स्वतन्त्रताप्रेमी सबै व्यक्ति र समुदायको गम्भिर प्रयासको सख्त जरुरी छ । यो न्याय, र समता रस्वतन्त्रताप्रति आफ्नो पक्षधरता देखाउने, गम्भिर पहलकदमी लिने र आफुलाई सांस्कृतिक रुपमा रुपान्तर गर्ने वेला हो ।



तपाईको प्रतिक्रिया