ओलीलाई पर्सामा आउन रोक

वीरगंज ,चैत्र ५ गते । पर्सामा आज ३० दलिय गठबन्धनको बैठक बसी आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेका छन् ।  फोरम नेपाल पर्साका अध्यक्ष एवं मोर्चाका संयोजक प्रदीप यादवको अध्यक्षतामा बसेको बैठकले प्रकृयामा जवर्जस्ती सविधान निर्माण गर्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा आउन नदिने निर्णय गरेको छ ।
वीरगंजमा हुने सार्वजनिक कार्यक्रममा एमालेका अध्यक्ष ओली सहभागि हुन आउँदा त्यसलाई कालो झण्डा देखाउनुको साथै कार्यक्रम बिथोल्ने निर्णय भएको तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले जानकारी गराए ।
त्यसैगरि चैत्र ८ गते सरकारको विरोधमा महिला हिंसा, मंहगी तथा लोडसेडिगंको विरोधमा प्रर्दशन गर्ने निर्णय गरेको छ । बैठकमा ए।माओवादीका केन्द्रिय सदस्य ज्वाला साह, तमलोपाका सह महामन्त्री जितेन्द्र सोनल, फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत, फोरम नेपाल लोकतान्त्रिकका केन्द्रिय सदस्य शशिकपुर मियाँ, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, तमलोपा पर्साका अध्यक्ष रमतुल्लाह खान, रामसपा पर्साका नेता खैरोदिन हवारी, फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मस्तकिम अंसारी, जिल्ला नेता नुरआलम अंसारी, सदभावना पार्टी पर्साका अध्यक्ष इम्दाद गद्दी, तराई मधेस सदभावाना पार्टी पर्साका सचिव श्रीराम गिरी, नेपाल सदभावना पार्टीका नेताहरु केदार साह , मनोज कर्ण, तराई मधेस स्वंयम सेवक संघका अध्यक्ष अजय पटेल, युवा फ्रन्टका केन्द्रिय सदस्य ओमलोक सिंह, एमाओवादीका पर्साका नेता बलीराम साह, हरी मण्डललगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया