सद्भावनाको विस्तारित बैठक वीरगञ्जमा

काठमाडौ चैत ५ गते । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीले पार्टीको विस्तारित बैठक चैत १० र ११ गते वीरगञ्जमा गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा बसेको उपलब्ध केन्द्रीय समिति सदस्यहरुको बैठकले त्यस्तो निर्णय गरेको हो ।
साथै सविधान निर्माणमा सत्ताधारी दलका कारण देखिएको बाधा व्यवधानको बारेमा पनि छलफल गरी आन्दोलनमा जानुको विकल्प नरहेको पनि निष्कर्ष निकालेको पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले बताए ।

तपाईको प्रतिक्रिया