काठमाडौँ, ३ चैत । जापान सरकारले रौतहट विकास कोषलाई रु ९८ लाख १८ हजार ८२३ अनुदानस्वरुप उपलब्ध गराएको छ ।
रौतहट जिल्लाको सामाजिक विकासमा सक्रिय गैरसरकारी संस्था रौतहट विकास कोषलाई दुई सय मानिस अटाउने सामुदायिक प्रेक्षालय निर्माणका लागि जापानले उक्त रकम प्रदान गरको हो ।
जापानी राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र कोषका सदस्यसचिव सरोजकुमार उपाध्ययले अनुदान सहयोगसम्बन्धी करारपत्रमा हस्ताक्षर गर्नुभयो ।
रौतहटको गङ्गापिपरा गाविसमा निर्माण गरिने सामुदायिक प्रेक्षालयबाट पिपराभालोहिया ९पाँचरुखी० र मातसारी गासिवका वासिन्दालाई बैठक एवम् सांस्कृतिक कार्यक्रममा एकत्रित हुन सहयोग पुग्नेछ ।


तपाईको प्रतिक्रिया