Khadya Bibhag

पुजा साहको बलत्कारीलाई सर्वस्वसहित जन्म कैद

काठमाडौ फागुन ३ गते । फागुन ८ गते बलत्कारकी शिकार भएकी पुजा साहले बल्ल आज न्याय पाएको छ । उनलाई बलत्कार गर्ने कन्हैया गुप्तालाई जिल्ला अदालत बाराले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
पुजाको बलात्कार र हत्यामा संलग्न गुप्तालाइ प्रहरीले फागुन १० गते नै पक्राउ गरेको थियो फागुन ८ गते साँझ कलैयाको दहीबजार नजिकबाट बेपत्ता भएकी पुजा फागुन ९ गते श्री तीन चन्द्र उच्च माविको दक्षिण पट्टीको खाली जग्गामा बलात्कृत अवस्थामा फेला परेकी थिइन् । उनको उपचारका क्रममा काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
बारा कलैया नगरपालिका वडा नम्बर ८ की बालिका पुजा साहको बलात्कार र हत्यामा संलग्न कलैया नगरपालिका वडा नम्बर ४ का २८ वर्षिय गुप्तालाई जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद दिने फैसला आज सुनाएको हो । जिल्ला अदालत बाराका न्यायधीश लिप्त बहादुर थापाको इजलाशले पूजा साहको बलत्कार र हत्यामा संलग्न रहेको ठहर गर्दै गुप्तालाई ३५ वर्ष कैदको सजाय सुनाएको हो ।

कर्तब्य ज्यान मुद्दामा सर्वश्वसहित जन्म कैद अर्थात २० वर्ष कैद र जबरजस्ती करणी मुद्दामा १५ वर्ष गरि कुल ३५ वर्ष कैदको सजाय तोकिएको छ । निर्णय अनुसार पिडित परिवारलाइ गुप्ताको चल अचल सम्पतिबाट दुई लाख रुपिया क्षतिपुर्ति भराउन फैसला पनि जिल्ला अदालतले गरेको छ ।

तपाईको प्रतिक्रिया