गच्छदार र ओलीको दोस्ती बुझिसक्नु छैन बा

‘जंगमें और प्यारमें सब कुछ जायज है’ तथा ‘राजनीतिमा कोही पनि स्थायी सत्रु तथा मित्रु हुँदैन’ भने भनाई अहिले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र एमालेका अध्यक्ष केपी शर्मा ओलीमा ठ्याकै मेल खाएको छ । गच्छदार मधेशी राजनीतिकमा आउनुभन्दा पहिले यी दुई नेताको बीचमा कस्तो दोस्ती थियो त्यो त थाह भएन तर गच्छदार उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेपछि उनको गज्जब दोस्ती भयो ।
फोरम नेपाललाई टुक्राउन त्यो दोस्ती कायम रह्यो र त्यसपछिको दिनमा त झनै राम्रो हुँदै गयो अहिले त झन यी दुईका बीच एकान्तमा कुरा हुन थालेका छन् । फोरम नेपाल विभाजन हुने बेला मधेव नेपाल र केपी ओलीको एउटै समूह थियो र एक अर्कालाई सहयोग गरी राजनीतिकमा अगाडि बढी रहेका थिए र सोही क्रममा माधव नेपाललाई प्रधानमन्त्री बनाउनका लागि ओलीको पनि दौडधुप थियो । प्रधानमन्त्री बनाउनका लागि फोरम नेपालको समर्थन थिएन । फोरम नेपालले परिवर्तनकारी शक्ति एमाओवादीको नेतृत्वमा सरकार बनाउँनुपर्छ भनि पक्षमा थिए नभने गच्छदार माधव नेपालाई प्रधानमन्त्री बनाउने पक्षमा थिए अन्ततः पार्टी विभाजन गरेर भएपनि माधव नेपाललाई प्रधानमन्त्री बनाए । यो त भयो त्यो बेलाको कुरा ।
दोस्रो सविधानसभाको चुनाव जितेर आएपछि सरकारमा जान पाइन्छ कि भनि काँग्रेस पार्टीसँग हिमचिम बढाएका थिए । सुशिल कोइरालाको बेड रुमसम्म पुग्थे उनी । तर, जब सरकारको गठनको कुरा भयो एक शब्द पनि गच्छदारलाई सोधेन र सरकार गठन भयो । त्यसबेलादेखि काँग्रेसबाट बिच्किएका गच्छदार ओलीको वरिपरी घुम्न थाले । कहिले सिहदरवारमा एक्लै भेटे भने कहिले वालकोटमा गएर भेटे । उनै गच्छदारले ओलीलाई आशावादी बनाएपछि मधेशी मोर्चाका नेतालाई घरमा बोलाएर मासुभात खुवाएका थिए । तर, गच्छदार र ओलीका कुरा हावा खाए । मधेशी मोर्चाका नेता त त्यसबेला अच्चम पर्थे जुन दिन एमालेका अध्यक्ष ओलीसँग भेटघाट गर्ने समय फिक्स हुन्थ्यो त्यो दिन बैठक हुनुभन्दा पहिला दुईजनामा भेटघाट हुन्थ्यो । बैठक सकेपछि सबै नेताहरु आआफ्नो घरफर्केपछि पनि ओलीसँग एकान्त गफ गर्थे र सोही क्रियाकलापबाट सुइको पाएर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी मोर्चाका नेताहरु सरकारमा जानका लागि ओली निवास धाई रहेको आरोप लगाए थिए । र, कता कता अन्य नेता पनि गच्छदारलाई शंकाको दृष्टिले हेर्थे । यो पनि भयो बितेको कुरा ।
अब नयाँ घटनाक्रमलाई हेर्ने हो भने ओली र मधेशी मोर्चाबीच भएको भनाभनले अध्यक्ष गच्छदार खुशी छैन । मधेशी मोर्चाका एक नेताले भने, यदि घटनाले अलिकति पनि छोएको भए । घटनालगतै बसेको एमाले पार्टीसहित चार दलको बैठकमा जाने थिएनन् । मधेशी नेतालाई त्यत्रो आमाचकारी गाली गरेपछि अन्य पाँचवटा दलका नेताहरु आआफ्नो पार्टी कार्यालयमा आएर घटनाको समिक्षा गरे तर उनी चारदलको बैठक भ्याएर विराटनगर उडे । सोही दिन मधेशी मोर्चाको बैठक बसेर एमाले सम्मलित कुनै पनि बैठकमा सहभागि नहुने निर्णय गरे तर गच्छदार विराटनगरबाट फर्के लगत्तै सुवास नेम्वागंले सिहदरवारमा बोलाएको चार दलको बैठकमा सहभागि भए जहाँ ओली मुस्कानका साथ उनलाई स्वागत गरेका थिए । त्यति मात्र होइन कि अन्य मधेशी नेतालाई देखाउनका लागि अ‍ोलीले त्यहाँभित्रको फोटो आफ्नो ट्वीटर मार्फत सार्वजनिक पनि गरे । सो खबर पाएर मधेशी मोर्चाका अन्य नेताहरुले गच्छदारको रवैयाप्रति टिप्पणी गरे त्यसको भोलीपल्ट मोर्चाको बैठक बसि गच्छदारलाई सात्तो लिए अनि अबको कुनैपनि बैठकमा नजान गच्छदारलाई आग्रह गरे ।
त्यसको भोलीपल्ट संविधानसभा भवनमा बसेको चार दलको बैठकमा त सहभागि भएन त्यसको भालीपल्ट सिहदरवारमा बसेको बैठकमा ओलीकै छेउमा गएर बसे । ओलीले गच्छदारलाई त्यहाँ देखेर एउटा हिन्दीमा टिप्पणी गरे ‘इस जोडीको किसिको नजर नलगे ।’ त्यतिमात्र होइन सविधानसभा भवनमा बसेको बैठकमा एकै ठाउँमा नबसेपनि बाहिर निस्किदा गच्छदारसँग हात मिलाउँदै ओलीले भनेका थिए, ‘हाम्रो दोस्ती आजको होइन धेरै पुरानो हो’ तर त्यही रहेका राजेन्द्र महतो र उपेन्द्र यादवले हातसम्म पनि मिलाएनन् ।

तपाईको प्रतिक्रिया