Khadya Bibhag

प्रदेश २ सरकार सञ्चालनका लागि कार्यदल गठन

जनकपुर जेठ २४ गते । जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश २ सरकारलाई व्यवस्थित ढंगले सञ्चालनका लागि एउटा कार्यदल गठन भएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको नेतृत्वमा तीन सदस्य कार्यदल गठन भएको छ । हिजो उपेन्द्र यादवको उपस्थितिमा बसेको एक बैठकले मन्त्री साहको संयोजकत्वमा गठन भएको कार्यदलमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश यादव र समाजिक विकास मन्त्री नवलकिशोर साह सदस्य रहनु भएको छ ।
यो कार्यदलले सरकारले कसरी काम गर्ने त्यसको कार्ययोजना तथा कार्यनीति तयार गर्नेछ ।

हिज्जै मात्र प्रदेश २ को सरकारको मन्त्रीपरिषद्मा कार्यविभाजन हेरफेर गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललगायत महन्थ ठाकुर पक्षका अन्य तीनजा राज्यमन्त्रीलाई सरकारबाट बर्खास्थ गरेको छ । सरकारमा काँग्रेस र माओवादी केन्द्रलाई ल्याउन तयारी भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया