धनुषा जेठ २६ गते । जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सामेल हुने सम्झौता भएको छ । काँग्रेसले तीन र माओवादी केन्द्रले दुईवटा मन्त्रालय पाएका छन् । यी दुवै दलले मन्त्रीको नाम बुझाएपछि आझै सपथग्रहण हुने बताइएको छ ।
काँग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी भएपछि मन्त्रालय विभाजन गर्ने भएको छ । प्रदेश सरकारसँग अहिले ६ वटा मन्त्रालय रहेका छन् त्यसमा चारवटा थपेर १० वटा बनाउने निर्णय गरेको छ ।


तपाईको प्रतिक्रिया