काठमाडौँ असार २ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुुरले असार ३ गते पार्टीको कार्यकारिणी समितिको बैठक नरहेको जानकारी गराउनु भएको छ । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक अवस्थाको बारेमा आवश्यक निर्णय गर्नुपर्ने भन्दै भोलीका लागि बैठक बोलाउनु भएको छ तर अध्यक्ष ठाकुरले त्यस्तो कुनै बैठक नरहेको जानकारी विज्ञप्तिामार्फत गराउनु भएको छ ।
अध्यक्ष उपेन्द्र यादवले बोलाएका कार्यकारिणी समितिको बेठक अवैधानिक र अनाधिकृत रहेको अध्यक्ष ठाकुरले बताउनुभएको छ ।
अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी जसपाको अध्यक्ष यादवले बोलाउनु भएको बैठकबाट हुने सबै निर्णयहरु आफूहरुको लागि अमान्य हुने उल्लेख बताउनु भऐा मछ ।
उहाँले कार्यकारिणी समितिका सदस्यहरुलाई सो बैठकमा सहभागी नहुन पनि आग्रह गर्नुभएको छ ।
त्यसैगरि अध्यक्ष ठाकुरले असार ३ गते जसपाको कुनै पनि बैठक नरहेको जानकारी निर्वाचन आयोगलाई गराउनु भएको छ । जसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले निर्वाचन आयोगमा गएर जसपाको कुनै पनि बैठक नरहेको र असार ३ गते बस्ने कार्यकारिणी समितिको बैठकले गर्ने निर्णय मान्य नहुने भनि पत्र दर्ता गराउनु भएको छ ।


तपाईको प्रतिक्रिया