उखु किसान वार्ताका लागि तयार

काठमाडौं पुस ५ गते । बक्यौता रकम भुक्तानीका लागि काठमाडौंमा आन्दोलन गरिरहेका उखु किसानले सरकारसँग वार्ताका लागि तयार भएका छन् । 

उनीहरु आज सरकारसँग वार्ताका लागि सिंहदरवारस्थित उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय पुगेका छन् । मन्त्रालयले वार्ताका लागि आज तेस्रो पत्र पठाएपछि उनीहरु वार्ताका लागि तयार भएका हुन् । 

आन्दोलन शुरु भएलगतै मन्त्रालयले वार्ताका लागि दुईपटक पत्र पठाएको थियो । त्यसपछि पनि आन्दोलनकारीहरु वार्ताका लागि तयार भएका थिएन अनि उद्योग मन्त्री लेखराज भट्ट संघीय मामिला तथा समान्य प्रशासन मन्त्री ह्रदयश त्रिपाठीलाई साथमा लिएर आन्दोलन स्थल माइतीघर पुग्नु भएको थियो । त्यहाँ पनि उहाँले वार्ताका लागि आन्दोलनकारीलाई आग्रह गर्नुभएको थियो तैपनि उनीहरु वार्ताका लागि तयार भएका थिएन । 

चिनी उद्योगीबाट ९० करोड रुपियाँ लिन बाँकी रहेको आन्दोलनकारीको दावी रहेको छ ।

तपाईको प्रतिक्रिया