Khadya Bibhag

संसद विघटन प्रकरण बारे छलफल गर्न जसपाको बैठक बस्दै

काठमाडौं मंसिर ६ गते । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको बारेमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री अ‍ोलीले चालेको कदमको विरोध कसरी गर्ने त्यसका बारेमा छलफल गरिने बताइएको छ । प्रधामन्त्री अ‍ोलीले चालेको कदम लोकतन्त्र र संघीयता विरोधी रहेको भन्दै जसपा नेपालले हिजो विज्ञप्ति निकालेर त्यसको विरोध गरेको थियो ।

प्रधानमन्त्री अ‍ोली चलेको कदमको सशक्त रुपमा विरोध गर्नका लागि रणनीति बनाउन कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

सो बैठकपछि आजै ४ वजे नेकपा, काँग्रेस र जसपा नेपालको गठबन्धनको पनि बैठक बस्नेछ । 

तपाईको प्रतिक्रिया