Khadya Bibhag

विश्वासको मत बारे निर्णय गर्ने अधिकार महन्थ ठाकुरलाई

काठमाडौँ पुस २४ गते । लोकतान्त्रिका समाजवादी पार्टी नेपालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नदिने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा आज बसेको सो पार्टीको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । त्यो सँगै मधेश प्रदेशको संसदीय दलको नेता चयन गर्ने बाटो खुलेको छ । सोही बैठकले संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको छ ।

लोसपाको यो बैठक चुनावपछिको पहिलो बैठक हो । यो बैठकबाट चुनावी समिक्षा गर्ने अपेक्षा पनि गरेको थिए । तर त्यसको बारेमा चर्चा समेत पनि भएन । अर्को बैठक कहिले बस्ने त्यसको टुगों पनि लागेको छैन ।

तपाईको प्रतिक्रिया