Khadya Bibhag

स्वतन्त्र सांसद साह र जयसवाल जसपामा प्रवेश

काठमाडौँ माघ ८ गते । मधेश प्रदेशको प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट चुनाव जित्नु भएका सुरिता साह र प्रमोद जयसवाल आज जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

सुरिता साह महोत्तरी क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित हुनुभएको छ भने प्रमोद जयसवाल पर्सा क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित हुनुभएको छ ।

उहाँहरु आज बालकुमारीस्थित पार्टी कार्यालयमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवबाट टिका लगाई प्रवेश गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया