ओलीले बाँड्नु हुन्छ उपेन्द्र र महन्थलाई उपराष्ट्रपति !

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसरी राष्ट्रपतिमा सहमति खोज्नुपर्ने भनिरहनु भएको छ त्यसरी नै एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले उपराष्ट्रपतिमा सहमति खोज्नुपर्ने भन्न थाल्नु भएको छ । सरकार गठन भएको बेला राष्ट्रपति र सभामुख एमालेलाई र प्रधानमन्त्री र उपराष्ट्रपति माओवादी केन्द्रलाई दिने सहमति भएको एमालेका नेताहरुले भन्दै आउनु भएको छ । सभामुख र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको पनि दावी एमालेको रहेको छ ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा अ‍ोली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्री, सभमुख बाँडफाँटमा सहमति भइसकेको हो । उहाँहरुको बीचमा मौखिक सहमति भएको हो तर आज प्रचण्डले त्यसलाई अस्विकार गर्दै पुनः सहमति खोज्नु राजनीतिक बेइमानी हो ।’ यसले राजनीतिकलाई राम्रो अवस्थामा लैजान दिँदैन, अविश्वासको वतावरण सृजना हुन्छ र त्यसले कसैको हित नगर्ने उहाँले बताउनुभयो ।

यता, प्रचण्डले लगातार राष्ट्रपति सहमतिमा टुग्यांउने भन्दै आउनु भएको छ । तर उपराष्ट्रपतिको बारेमा के गर्ने त्यसको बारेमा केही बोल्नु भएको छैन । उपराष्ट्रपति माओवादीको भागमा परेको भनि ढुक्क हुनुहुन्छ । एमालेका एक नेताले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको बारेमा बोल्नु हुन्छ तर उपराष्ट्रपतिको बारेमा बोल्नु हुन्न किन ? के प्रचण्डलाई लाग्छ उपराष्ट्रपति माओवादीले पाइसक्यो, त्यो कदापी हुँदैन यदि राष्ट्रपतिमा सहमति खोज्ने हो भने प्याकेजमै उपराष्ट्रपतिलगायत अन्य पदमा पनि सहमति खोज्नुपर्छ ।’ एमालेका अध्यक्ष ओलीले पनि त्यहींलाइनमा आफ्नो गृहकार्य सुरु गर्नुभएको छ ।

राष्ट्रपति आफू राख्ने, प्रधानमन्त्री काँग्रेसका सभापति शेरबहादुर देउवालाई दिने र उपराष्ट्रपति जसपा, राप्रपा वा लोसपामध्ये एउटालाई दिने एमालेका अध्यक्ष अ‍ोलीको दाउ रहेको छ । माघ २७ गते संसद भवनबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई गाडीमा चढाएर सिधै बोलकोट लग्नुभएका अध्यक्ष अ‍ोलीले आफूलाई राष्ट्रपतिमा सघाउन आग्रह गर्नुभयो । राष्ट्रपतिमा एमालेलाई सघाउनु भयो भने उपराष्ट्रपति लोसपालाई दिने प्रस्ताव उहाँले गर्नुभयो तर लोसपाका अध्यक्ष ठाकुरले कुनै वचन दिनुभएन ।

त्यस्तै केही दिनपहिले यसरी नै जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलमा पनि अध्यक्ष ओलीले राष्ट्रपतिमा सघाए उपराष्ट्रपति जसपालाई दिने प्रस्ताव गर्नुभएको थियो । जसपा पनि आफूले उपराष्ट्रपति पाउनुपर्ने दाउमा छ । जसपाले उपराष्ट्रपति पायो भने बारा क्षेत्र नम्बर २ बाट चुनाव जित्नु भएका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर त्यो क्षेत्रबाट आफू चुनाव लड्ने अध्यक्ष उपेन्द्र यादवको तयारी रहेको छ । तर उपराष्ट्रपति पाउने नपाउने अहिलेसम्म टुगों लागेको छैन तर अध्यक्ष यादव त्यसको लागि प्रयास गरिरहनु भएको छ ।

तर यसरी बारा क्षेत्र नम्बर २ खाली गराएर त्यहाँबाट चुनाव जितेर संसदमा आउने कुरालाई अध्यक्ष उपेन्द्र यादवले इन्कार गर्दै आउनु भएको छ । उहाँले यो सुनियोजित हल्ला हो, यसको बारेमा पार्टीमा कुनै छलफल वा चर्चा समेत नभएको दावी गर्दै आउनु भएको छ । तर उपराष्ट्रपति मात्र होइन, हरेक पदमा जसपाले सम्मानजनक आफ्नो भाग खोजेको उहाँले बताउनुभयो । त्यसैको फाइदा एमालेका अध्यक्ष ओलीले लिन चाहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया