Khadya Bibhag

माधवका लागि झलनाथ देखाउने दाँत मात्र

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका लागि झलनाथ खनाल ‘बार्गेनिङ टुल्स’ बन्नुभएको छ । सत्ता गठबन्धनमा राष्ट्रपतिका लागि छलफल हुँदा अध्यक्ष नेपालले राष्ट्रपतिमा झलनाथ खनालको नामअघि सार्नुभएको थियो । जबकी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन जनाई सक्नुभएको थियो । उहाँले सुरुदेखि नै राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चयन हुनुपर्छ भन्दै आउनु भएको थियो । तर उहाँले पहिला नै राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गरिसक्नु भएको थियो ।
तैपनि उहाँले गठबन्धनमा दवाब बनाउनका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपतिलाई अघि सार्नुभयो । यसले झलनाथ खनाललाई अघि सार्नुको कारण प्रधानमन्त्री पद नै हो । काँग्रेसले राष्ट्रपति लिएर माओवादीसँग सहमतिमा आलोपालोमा प्रधानमन्त्री लिने सहमति गर्न लाग्दा माधवकुमार नेपालले झलनाथ खनालाई राष्ट्रपति बनाउनुस् या प्रधानमन्त्रीमा हिस्सा दिनुस् भनि प्रस्ताव राख्नुभयो ।
काँग्रेसले कुनै पनि हालतमा राष्ट्रपति छाड्ने पक्षमा थिएन । बरु प्रधानमन्त्री त्याग दिने तर राष्ट्रपति न त्याग्ने पक्षमा थियो । त्यसपछि पाँच वर्षको कार्यकाललाई तीन भागमा बाँड्यो । दुई वर्ष माओवादी केन्द्र, दुई वर्ष काँग्रेस र एक वर्ष नेकपा (एस) लाई दिने सहमित भयो ।
अहिले फेरि माधवकुमार नेपालले झलनाथ खनालाई अघि सारेर बार्गेनिङ गरिरहनु भएको छ । तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा झलनाथ खनाललाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउनुपर्छ भनि गठबन्धनमा प्रस्ताव लग्नुभएको छ । काँग्रेसका एक नेताका अनुसार नेकपा (एस)का अध्यक्ष नेपालले तनहुँ–१ मा झलनाथ खनालाई उम्मेदवार बनाउन दवाब दिनइरहनु भएको छ तर उहाँको टार्गेट मन्त्रालयको बार्गेनिङ हो । कुनै मालदार मन्त्रालय पाए झलनाथ खनालको बारेमा कुरा गर्न पनि छाड्नु हुन्छ, ती नेताले सहारा टाइम्ससँग भन्नुभयो, ‘झलनाथ खनाल त माधवकुमार नेपालका लागि देखाउन दाँत मात्र होइन, बार्गेनिङ टुल्स पनि बन्नुभएको छ ।’
एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकार ढाल्नका लागि माधवकुमार नेपालले ठूलो साहस देखाउनु भएको थियो । त्यसको ब्याज अहिलेसम्म पनि खाई रहनुएको छ । अध्यक्ष ओलीले संसद विघटन गरेपछि त्यसको विरुद्धमा गठबन्धन बनाएर आन्दोलन सुरु भयो । एमालेमा रहनुभएका माधवकुमार नेपालले आनदोलनलाई नै साथ दिनुभयो र पार्टीमा फरकमत राख्न थाल्नुभयो ।
पार्टी विभाजन गरेर काँग्रेस र माओवादीलाई साथ दिनुभयो । अन्ततः सर्वोच्च अदालतदेखि राष्ट्रपति कार्यालयसम्म माधवकुमार नेपालको उपस्थिति अनिवार्य थियो । त्यो बेला दिएको महत्व अझै कायम छ । माधवकुमार नेपालले प्रतिनिधि सभामा ११ सीट मात्र ल्याएको छ भने जसपाले १२ सीट ल्याएको छ तर काँग्रेस र माओवादीले माधवकुमार नेपालाई नै महत्व दिइरहेका छन् । जब कि त्यति महत्व दिनुपर्ने आवश्यकता नरहेको टिप्पणी भइरहेको छ ।

तपाईको प्रतिक्रिया