सुनिताले भक्तपुरबाट साग ल्याएर शान्तिनगरको पिस्टन स्कूलको अगाडिमा बसेर बेच्न थाल्नुभयो । दिनको एक डेढसय सागको मुठा बेच्नु हुन्थ्यो । राम्रै आम्दानी हुन थाल्यो । श्रीमान र आफ्नो कमाईले राम्रोसँग घर व्यवहार चल्न थाल्यो अलि अलि बचत पनि हुन थाल्यो,
एक दलित मोची त्यसमा पनि गरिब परिवारमा जन्मिनु भएका सुनिता देवी मोची (राम) एक दिन सांसद बन्नुहुन्छ भनि कसैले सोचेका थिएनन् होला । सायद सुनिताले पनि कल्पना गर्नुभएको थिएन होला तर सिरहा अर्नमा लालपुरको एउटा दलित वस्तीको एउटा सानो झुपडीमा जन्मनु भएका सुनिता संघर्ष गर्दै प्रदेश सभाको संसदसम्म पुग्नु भयो ।
आठ वर्षको उमेरमा विहे
बुवा मकुन चमार र आमा रामरती चमारका छोरी सुनिता मोचीको विवाह सिरहा सुखिपुरका रामकुमार मोचीसँग भएको हो । सुनिता मोची आठ वर्षकै हुँदा रामकुमारसँग विहे भएको थियो । विहे भएको दुई वर्षपछि मात्र उहाँ श्रीमानका घरमा बस्न थाल्नु भयो अर्थात सुनिता १० वर्षको हुँदा नै उहाँ ससुरालमा बस्न थाल्नुभयो ।

सासु सासुराका सेवा गर्नुको साथै घरपरिवार सम्हाल्न थाल्नुभयो । सुनिताका ससुरा र सासु आमा दुवैजना विरामी हुनुहुन्थ्यो । एक जनालाई टीवी थियो भने अर्कोलाई दमा । विमार सासु र ससुरालाई सेवा गर्दै सुनिताको दिन बित्थ्यो ।
विहे भएको दुई वर्षपछि एक एक गरी सासु र ससुराको निधन भएपछि सुनितामाथि झन जिम्मेवारी बढ्यो ।
श्रीमान रामकुमार काठमाडौँमा जुत्ता सिलाउने (सार्की)काम गर्नुहुन्थ्यो । घरमा उहाँका साना साना दुई जना भाइ थिए त्यसको देखभाल र लालन पालन गर्ने जिम्मेवारी सुनिताकै काँधमा पुगेको थियो । सुनिता एक आफै बच्ची नै हुनुहुन्थ्यो । त्यसमाथि आफ्ना दुई जना देवरका देखभाल गर्ने काम आइपर्यो पछि उहाँले आफ्नो छोरीलाई पनि जन्म दिनुभयो ।
गुजारा गर्न गाह्रो
तीन जना बच्चालाई उहाँले एक्लै सम्हाल्नु हुन्थ्यो । सुनिता मोची भन्नुहुन्छ, ‘त्यतिबेला मेरो उमेर लगभग १४–१५ वर्षको थियो होला । मेरो विहे भएको २ वर्षमा नै सासु र ससुराको निधन भएको थियो ।’ दुई जना देवर र एक जना छोरीलाई लाल पालन गर्न कम्ती गाह्रो थिएन सुनितालाई । घरको आर्थिक अवस्था राम्रो थिएन । पुख्र्यौली १० कठ्ठा जमिन थियो । त्यसबाट अलि अलि उब्जाउ हुन्थ्यो । त्यसल दुई तीन महिना मात्र खान पुग्थ्यो । त्यसपछि सुनिता आफ्नो र आफ्नो बच्चाको गुजाराका लागि अरुको घर खेतमा काम गर्न जानु हुन्थ्यो ।
श्रीमान रामकुमारको कमाईले खासै पुगिरहेको थिएन । काठमाडौमा खान बस्न घर भाडा तिर्दैमा पैसा खर्च हुन्थ्यो अलि अलि बचेको पैसा सुनितालाई पठाउनु हुन्थ्यो । सुनिता मोचीको आर्थिक अवस्था दिन दिनै खराब हुँदै गइरहेको थियो । त्यही अवस्थामा एक जना जेठा देवरको उहाँले बिहे गर्दिनु भयो । त्यसपछि परिवारमा एउटा सदस्य थप्यो । खर्च बढ्दै थियो आम्दानी घटिरहेको थियो ।
सुनिताको अवस्था हरेर रामकुमार मोचीले काठमाडौँ बोलाउनु भयो । जे जे दुख गर्नुपर्छ काठमाडौँमा सँगै गरौंला सुनितालाई पनि काठमाडौ बोलाउनुभयो ।
सुनिताले आफ्ना छोरी र एक जना देवरलाई साथमा लिएर काठमाडौं आउनु भयो । त्यतिबेला तत्कालिन राजा ज्ञानेन्द्रको विरुद्धमा काठमाडौँमा आन्दोलन भइरहेको थियो । काठमाडौँको माहोल पनि ठिक थिएन । त्यस अवस्थामा पनि रामकुमार मोर्चा बबरमहलको सडकपेटीमा बसेर जुत्ता सिलाईको काम गरिरहनु भएको थियो ।
सुकुम्बासी वस्तीमा एउटा कोठा महिनाको पाँच सय रुपियाँमा भाडामा लिनुभएको थियो । सोही कोठामा सबै जना बस्न थाले । काठमाडौँको बसाई, एक जनाको कमाईले धान्न मुस्किल भइरहेको थियो । सुनिताका लागि काठमाडौँ अन्जान थियो । उहाँलाई भाषाको समस्या त्यसमा पनि मधेशी दलित । काठमाडौंसँग दुर दुरको सम्बन्ध थिएन । जसले पनि हेप्ने भावले हर्थे सुनिता र उहाँका परिवारलाई ।
पान पसलमा छुवाछुत
एक वर्षसम्म उहाँ कतै जानु भएन । कोठमा नै बस्नुभयो । छोरी र देवरलाई स्कूल भर्ना गर्नुभएको थियो । र, आफू घरमै बस्नु हुन्थ्यो । यसरी करिब एक वर्षसम्म कही कतै जानु भएन । तर त्यसरी सधै कहाँ हुन्छ, सुनिता मोचीले भन्नुभयो, ‘काठमाडौँमा महिला होस् वा पुरुष सबै जना काम गर्थे, कोही पनि यसरी बसेर खानु हुन्थेन । त्यसपछि मैले पनि केही गर्नुपर्छ भनेर म बाहिर निस्के त्यति बेलासम्म मैले पनि अलि अलि नेपाली बोल्न जानी सकेका थिए सुखिपुरमा हुँदा केही समय प्रौढ कक्षा पनि लिएका थिए त्यसले अलि अलि अक्षर पनि चिन्न सक्ने अवस्थामा थिए ।’
उहाँ दलित हुनुहुन्छ उहाँको हातबाट पान खानु हुँदैन । त्यसले धेरै ग्राहक भागे तर कतिपय छुवाछुतसँग मतलब नराखेर नियमित सुनिताकै पसलबाट पान खान थाले ।
सुनिताले भक्तपुरबाट साग ल्याएर शान्तिनगरको पिस्टन स्कूलको अगाडिमा बसेर बेच्न थाल्नुभयो । दिनको एक डेढसय सागको मुठा बेच्नु हुन्थ्यो । राम्रै आम्दानी हुन थाल्यो । श्रीमान र आफ्नो कमाईले राम्रोसँग घर व्यवहार चल्न थाल्यो अलि अलि बचत पनि हुन थाल्यो, सुनिताले भन्नुभयो, ‘तीन चार महिना साग बेचे सबै खर्च कटाएर १८ सय रुपियाँ बचत भएको थियो त्यसले एउटा कठघारा किनेर पानका पसल खोले ।’
एक जना चिनेको व्यक्तिको खाली जग्गा थियो, त्यो जग्गाको भाडा लिनुभएन । त्यहीं कठघारा राखेर उहाँले पान बेच्न सुरु गर्नुभएको थियो । तर सुनिताका लागि त्यो व्यपहार सोचे जस्तो भएन । केही व्यक्तिले उहाँको व्यपहारमाथि आँखा लगाई दियो र त्यहाँ पान खान आउनेलाई भन्न थाले कि उहाँ दलित हुनुहुन्छ उहाँको हातबाट पान खानु हुँदैन । त्यसले धेरै ग्राहक भागे तर कतिपय छुवाछुतसँग मतलब नराखेर नियमित सुनिताकै पसलबाट पान खान थाले ।
त्यसमध्येका एकजना हुनुहुन्थ्यो सद्भावना पार्टीका नेता सुभलाल यादव । उहाँ सधै सुनिताको पसलमा नै पान खानु हुन्थ्यो । उहाँलाई पनि भड्काउने प्रयास नभएको होइन तर उहाँले जेजस्तो भएपनि आफू यहीं पान खाने भनेपछि सुनिताले उहाँसँग पानको पैसा लिन पनि छाड्नुभयो । सित्तैमा खुवाउन थाल्नुभयो । सुनितालाई लाग्यो उहाँ नेता हुनुहुन्छ, भोली पर्सी केही भयो भने उहाँसँग सहयोग लिन सकिन्छ ।
पान पसलबाट त्यति राम्रो आम्दानी गर्न सकिरहनु भएको थिएन सुनिता । आर्थिक अवस्था बिग्रिदै गइरहेको थियो । बच्चाहरुको पढाई लेखाई, कोठा भाडा लगायत अन्य खर्चहरु धान्न गाह्रो भइरहेको थियो । त्यो कुराको अवगत थियो सुभलाल यादवलाई । सुभलाल यादवले सुनिता मोचीलाई विशेश्वर रजक र चन्देश्वर खत्वेसँग सम्पर्क गराई दिनुभएको थियो । उहाँहरु मधेशी दलित विकास महासंघ गठन गर्नुभएको थियो । त्यसमा एक जना महिलाको आवश्यकता थियो । उहाँहरुले सुनिता मोचीलाई नै त्यसमा राख्नुभयो ।
रोजाइमा सद्भावना
सुनिता मोची त्यो महासंघको केन्द्रीय सदस्य हुनुभयो । महासंघले गर्ने कार्यक्रमहरुमा सहभागी हुन थाल्नुभयो । कहिले काही बैठक भत्ताहरु प्नि सुनिताको हातमा पर्न थाल्यो । राम्रा राम्रा होटेलहरुमा जान आउन थाल्नुभयो । महासंघमार्फत काठमाडौ उपत्यका बाहिर पनि जान थाल्नुभयो । घुमाई पनि र केही आम्दानी पनि हुन थालेपछि सुनिता महासंघमै रमाउन थाल्नुभयो ।
महासंघमा लागेपछि यता पान पसल प्रायः बन्द नै रहन थाल्यो । महासंघमा सक्रिय भएपछि राजेन्द्र महतो अध्यक्ष रहेको तत्कालिन सद्भावना पार्टीले पहिलो संविधान सभा चुनावमा समानुपातिकमा उहाँका नाम राख्यो । नाम त एक नम्बरमै राखिएका थियो तर उहाँ संविधान सभा सदस्यमा उहाँ चयन हुनसक्नु भएन । तैपनि उहाँ सद्भावना पार्टीमा एउटा कार्यकर्ताको नाताले काम गर्न थाल्नुभयो ।
उहाँ सद्भावना पार्टीमा सक्रिय भएर महिला संगठनको सदस्य हुनुभयो । त्यसपछि सुनिताको सक्रियता झन बढ्यो ।
प्रौढ शिक्षापछि ट्युशन
एकातिर पान पसल अर्कोतिर दलित महासंघ, त्यसपछि राजनीतिक दल । त्यति हुँदा हुँदै पनि उहाँ ट्युशन पनि पढ्न थाल्नु भएको थियो । उहाँलाई भ्याइ नभ्याई थियो । सुनिता मोची भन्नुहुन्छ, ‘पान पसल खोलेपछि नै मलाई पढाईको आवश्यकता महसुस भएको थियो, सुखिपुरमा हुँदा अलि अलि प्रौढ शिक्षा पढ्दा थोरै जाने बुझेको थिए तर त्यो पर्याप्त थिएन अनि थप ज्ञानका लागि मैले मिथिला कर्ण कहाँ ट्युशन पढ्न थाले । एउटा साइकल किनेको थिए त्यही साइकल लिएर टुयुशन पढ्न जान्थे अन्य कुनै कार्यक्रम जानु पर्दा, आन्दोलनमा जानु पर्दा, पसलको समान किन्न जानु पर्दा त्यही साइकलमा जान्थे ।’
सुनिता मोची दुई वर्षको हुँदा उहाँको आमाको निधन भएको थियो । सुनतिाको लालन पालन देखभार सबै दाइ भाउजु र बुवाले गर्नुभएको थियो । बुवा तत्कालिन गाविसमा कार्यालय सहयोगीको रुपमा काम गर्नुहुन्थ्यो । अलिअलि आम्दानी थियो घरमा तर आर्थिक अवस्था त्यति सबल थिएन । बडो मेहनत गरेपछि परिवारको गुजारा चल्थ्यो । त्यही कारणले सायद सुनिता स्कूल जान सक्नु भएन । विहे गरेर सुखिपुर पुगेपछि प्रोढ कक्षामा पढ्न थाल्नु भयो ।
त्यसले अलि अलि ज्ञान भएपनि काठमाडौँमा व्यपार गर्न वा अन्य कुनै काम गर्न त्यो मात्र पर्याप्त थिएन त्यही भएर उहाँ ट्युशन पढ्न थाल्नुभयो । आवश्यकता अनुसार उहाँले ट्युशनबाट शिक्षा प्राप्त गर्नुभयो । अहिले सुनितालाई त्यही काम लागि रहेको छ तर उहाँ भन्नुहुन्छ, ‘मसँग शिक्षाको कुनै पनि सर्टिफिकेट छैन, पुनः स्कुल कलेज पढेर सर्टिफिकेट लिउ कि जस्तो लाग्छ तर फुर्सद छैन ।’
श्रीमानको साथ
यी सबै कुरामा सबभन्दा ठूलो सहयोग उहाँका श्रीमान रामकुमार मोचीको थियो । उहाँले नै बालबच्चा सम्हाल्नु देखि लिएर अन्य सबै काम गरेपछि सुनिता बाहिर राजनीतिलगायत ट्युशन, समाजिक कार्यक्रम भ्याउनुहुन्थ्यो । श्रीमती अगाडि बढ्न थालेकी छिन्, संविधान सभामा समानुपातिक उम्मेदवार पनि बनेकी छिन् । ठूला ठूला नेतासँग जान पहचान बनाएकी छिन् सम्झेर रामकुमार मोची निकै खुशी हुनुहुन्थ्यो ।
सायद रामकुमारले साथ नदिएको भए सुनिताले यो उपलब्धी हासिल गर्न सक्नु हुन्थेन । सुनिताप्रति रामकुमारलाई गौरब महसुस भइरहेको थियो । त्यतिबेला मधेश आन्दोलन चलिरहेको थियो । त्यसमा सुनिता पनि त्यतिकै सक्रियताका साथ लाग्नुभएको थियो ।
फोरममा प्रवेश
सद्भावना पार्टीको त्यति सक्रियता नदेखेपछि सुनिता तत्कालिन मधेशी जनअधिकार फोरम पार्टीमा प्रवेश गर्नुभयो । फोरम प्रवेश गरेपछि त्यहाँ पनि उहाँले महिला संगठनमा स्थान पाउनुभयो । पार्टीमा उहाँ दिन रात खट्न थाल्नुभयो । संविधानमा मधेशको अधिकार सुनिश्चित गराउन मधेशी जनअधिकार फोरम काठमाडौँ केन्द्रीत आन्दोलन गरेको थियो । त्यसमा सुनिता मोचीको सक्रिय सहभागिता हुन्थ्यो । उहाँ आन्दोलनको अग्रमोर्चामा नै हुनुहुन्थ्यो ।
आन्दोलनको हरेक ठाउँमा उहाँको उपस्थिति हुन्थ्यो । विहानै उठ्ने, खाना पकाउने, बच्चाहरुलाई स्कूलका लागि तयार गर्ने, स्कूल पुर्यापछि सुनिताको दिनचर्या सुरु हुन्थ्यो । कोठाबाट निस्केपछि एकैपटक राती फर्किनु हुन्थ्यो । त्यसले पसलमाथि निकै असर पर्न थालेको थियो । त्यसपछि उहाँले १३ सयमा त्यो पसल बेच दिनुभयो । र, त्यो पैसाले आफ्नो श्रीमानको पसल जो सडकपेटीमा थियो त्यसलाई एउटा सटरमा लग्नुभयो ।
पान पसल बेचेर एउटा सटर भाडामा लिएर मेसिन तथा थप केही औजार किनेर नयाँ ढंगबाट जुत्ता मर्मतको पसल सञ्चालन गर्नुभयो उहाँले । त्यो पसलमा नयाँ जुत्ता पनि राख्न थाल्नुभयो । यसरी पसल खोलेपछि सडकपेटी भन्दा राम्रोसँग चल्न थाल्यो । आम्दानी हुन थाल्यो । मान्छेको हेर्ने दृष्टिकोणमा पनि फरक पर्यो ।
दोस्रो संविधान सभा
दोस्रो संविधान सभा चुनावमा पनि फोरमले उहाँको नाम समानुपातिक सूचीमा राखेको थियो । तर जब सूचीबाट उम्मेदवार चयन गर्ने कुरा भयो सुनिता मोचीको नाम आएन । सुनिता मोर्चा यसबाट बिचलित हुनुभएन । उहाँ झन सक्रिय भएर काम गर्न थाल्नुभयो ।
यी सबै कुरामा सबभन्दा ठूलो सहयोग उहाँका श्रीमान रामकुमार मोचीको थियो । उहाँले नै बालबच्चा सम्हाल्नु देखि लिएर अन्य सबै काम गरेपछि सुनिता बाहिर राजनीतिलगायत ट्युशन, समाजिक कार्यक्रम भ्याउनुहुन्थ्यो ।




तपाईको प्रतिक्रिया