Khadya Bibhag

यस्तो छ चीनको प्रत्यक्ष हस्तक्षेप

२०७४ मा एमाले–माओवादी केन्द्रको वाम गठबन्धन र त्यसपछि नेकपा बनाउन चीनको कसरत सफल भएपनि त्यसलाई जोगाउन सफल भएन तर त्यसकै ट्रयाक–२ चीनले समाजवादी मोर्चा बनाउन सफल भयो । असार ४ गते माओवादी केन्द्र, नेकपा (एस), जसपा र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा गठनको तयारी गरिरहँदा चिनियाँ राजदूत चेन सोङ प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटिरहनु भएको थियो । त्यसअघि उहाँले प्रधानमन्त्री प्रचण्डलाई पनि बालुवाटारमा गएर नै भेट्नु भएको थियो ।

२०७४ मा एमाले–माओवादीबीच बनेको वाम गठबन्धनको दोस्रो भाग हो समाजवादी मोर्चा । त्यतिबेला पनि वाम गठबन्धन बनाउनका लागि चिनियाँ टोली नेपाल आएर वतावरण बनाएको थियो । त्यसरी नै यसपटक पनि चिनियाँ कम्युनिष्ट पार्टी एसिया ब्युरोका उपमहानिर्देशक सु मीन नेतृत्वको एक टोली असार १ गते नेपाल आएर वतावरण बनाएको विदेश मामिलाका जानकाहरु बताउँछन् ।

सु को नेतृत्वमा आएको टोली प्रधानमन्त्री प्रचण्ड, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सबै शीर्ष नेताहरुलाई भेटेपछि यो समाजवादी मोर्चा गठन भएको विदेश मामिलाका जानकारहरु बताउछन् । मोर्चा गठन भएको दिनसम्म त्यो टोली नेपालमै थियो । गठन भएपछि मात्र चीन फक्र्यों ।

त्यसअघि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ भारत भ्रमणको अन्तिम तयारी गरिरहँदा सीपीसीका सिचुआन प्रान्तका सचिव वाङ सियाओहुईसहित १४ जनाको टोली नेपाल अइपुगेको थियो । जेठ १७ गते भारत भ्रमणमा जाने तयारीमा रहनु भएका प्रधानमन्त्री प्रचण्डलाई त्यो टोली बालुवाटारमै गएर भेट्यो । त्यो त्यही दिन माओवादीको हेडक्वाटर पेरिसडाँडामा गएर माओवादी केन्द्रका नेताहरुले भेट्यो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारीका लागि उहाँ उता जानु भएको जानकारहरु बताउँछन् तर गृहमन्त्री श्रेष्ठको सचिवालयले त्यो कुरा स्विकार गर्दैनन् । नेपालको राजनीतिक मामिलामा चीनले गरेको प्रत्यक्ष हस्तक्षेपको यो सानो उदाहरण मात्र हो ।

नेपालका लागि चिनियाँ राजदूत चेनको दौडधुप पनि घतलाग्दो छ । सिंहदरवार, बालुवाटार, बालकोटलगायतका ठाउँमा उहाँको दिनहुँ दौडधुप देख्न सकिन्छ । जेठ ११ गते प्रधानमन्त्री प्रचण्डलाई भेटेका चिनियाँ राजदूत चेनले जेठ २६ गते सञ्चार मन्त्री रेखा शर्मालाई मन्त्रालयमा गएर भेट्नु भएको थियो ।

त्यसअघि बैशाख १० गते काँग्रेस संखुवासभाका सभापति एवम् सांसद दीपक खड्का नेतृत्वको टोलीले चीनसँग जोडिएको किमाथाङ्का नाका चाँडो सञ्चालन गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई आग्रह गरेको दुई दिनपछि राजदूत चेनले परराष्ट्र मन्त्री साउदलाई भेटेका थिए भने त्यही दिन पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलील राजदूत चेनलाई भेटेको थियो । । त्यही दिन राजदूत सोङले अर्थमन्त्री प्रकाशशरण महतलाई पनि भेटेका थिए ।

बैशाख २५ गते राजदूत चेनले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग मन्त्रालयमै गएर भेट्नु भएको थियो । त्यसको भोलीपल्ट चेनले उपराष्ट्रपति रामसहाय यादवलाई भेटेर बधाई तथा शुभकामना दिनु भएको थियो ।

त्यसअघि २०७९ चैत ८ नेपालका लागि राजदूत चेनले उद्योग मन्त्री रमेश रिजाललाई उहाँकै मन्त्रालयमा गएर भेट्नु भएको थियो । त्यही दिन राष्ट्रपति रामचन्द्र पौडललाई पनि भेट्नु भएको थियो । राष्ट्रपतिमा नियुक्त भएपछि उहाँलाई बधाई दिनका लागि भेटेको भनिएको छ । चैत १५ गते नेपाल–चीन सीमा वातावरणमा व्यपार तथा सहयोग समन्वय संयन्त्रको बैठकले रसुवा गढी–केरुङनाका दुईतर्फी आवतजावत गर्ने सहमति भएका थियो । जवकी त्यो नाका सञ्चालनका लागि धेरै पहिलादेखि नेपालको प्रयास भइरहेको थियो ।

त्यसको भोलीपल्ट राजदूत चेनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भेट्नु भएको थियो भने त्यसको भोलीपल्ट परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि भेट्नु भएको थियो । उहाँले भेटे पछि मात्र सचिव पौड्याल चैत २१ गते चीन भ्रमणमा निस्किनु भएको थियो । चैत २३ गते चीनमा उहाँले त्यहाँका बेइजिङस्थित विदेश मन्त्रालयमा जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री चिङ काङसँग भेटनु भएको थियो ।

चैत २९ गते राजदूत चेन चितवनको भरतपुर गएर त्यहाँका मेयर रेणु दहाललाई भेट्नु भएको थियो । त्यही दिन उहाmँे गृहमन्त्री श्रेष्ठसँग लुम्बिनी भ्रमणमा देखिनु भएको थियो । लुम्बनीमै भेटेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन राजदूत चेनलाई आग्रह गर्नुभएको थियो ।

त्यसअघि फागुन २६ गते राजदूत चेनले मन्त्री किरांतीलाई भेट्नु नै भएको थियो । त्यो भेटघाटमा चीनका विभिन्न शहरबाट सिधा हवाई उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा राख्ने विषयमा छलफल भएको थियो ।

चैत २६ गते जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई त्रिभुवन विमानस्थलमा गएर राजदूतले स्वागत गर्नुभएको थियो भने त्यसअघि फागुन १५ गते भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति र त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओबीच भेटवार्ता भएको थियो ।

फागुन २ गते माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेको तीन दिनपछि राजदूत चेन स्वम्भुमा रहेको आनन्दकुटी विश्वविद्यालयको भ्रमण गर्नुभएको थियो । त्यसको भोलीपल्ट फागुन ६ गते पाटन दरबार स्क्वायरमा भएको फन रनमा उहाँ सहभागी हुनुभएको थियो ।

त्यही दिन उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा गएर भेट्नु भएको थियो भने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसलाई पनि त्यही दिन भेट्नु भएको थियो । उहाँले युनेस्को नेपालको प्रतिनिधि माइकल क्रफ्टलाई पनि भेट्नु भएको थियो ।

त्यसअघि राजदूत चेनले माघ २ गते पनि प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भएको थियो । त्यो भेटघाटपछि मात्र प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग भेट्न बालकोट जानुभएको थियो । त्यसपछि माघ ४ गते चिनियाँ राजदूत चेनले एमालेका अध्यक्ष केपी ओलीलाई बालकोटमा गएर भेट्नु भएको थियो । यी सबै भेटघाटको एउटै उद्देश्य थियो समाजवादी मोर्चा गठन ।

फागुन ११ गते चिनियाँ राजदुत चेन सोङले निर्माण भइरहेको चक्रपथको अवलोकन गर्न उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको साथमा जानु भएको थियो । त्यसअघि माघ १५ गते उपप्रधानमन्त्री श्रेष्ठसँग राजदूत चेन मन्त्रालयमा गएर भेट्नु भएको थियो ।

फागुन २९ गते उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड’ (सीसीपीआईटी) का उपाध्यक्ष झाङ शाओगाङसँग भेटघाट गर्नुभएको थियो । फागुन २५ गते राजदूत चेन र महानगरपालिका मेयर बालेन साहबीच भेटघाट पनि भेटघाट भएको थियो । त्यसअघि उहाँले माघ ४ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेट्नु भएको थियो ।

गत माघ ५ गते चीनको नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावासले याक एण्डमा आयोजित कार्यक्रमको प्रमुख अतिथी अध्यक्ष तिमिल्सिना हुनुहुन्थ्यो । त्यही दिन नेपाल–चीनको बारेमा ध्यानाकर्षण गराउन नेपाल–चाइना चेम्बरम अफ कमर्सका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए सो भेटमा बाबुराम भट्टराईका छोरी मानुषी यमी पनि हुनुहुन्थ्यो ।

त्यसअघि गत माघ ६ गते राजदूत चेनले काँग्रेसका सभापति देउवा, तत्कालिन अर्थ मन्त्री विष्णु पौडेल, तत्कालिन परराष्ट्रमन्त्री पौडेल र परराष्ट्र सचिव भरतराज पौडेलसँग एकैदिन छुट्टाछुट्टै भेट्नु भएको थियो । त्यही दिन रेलअध्ययन गर्न आएका चिनियाँ टोली स्वदेश फर्केको थियो । गत माघ २६ गते प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेनले भेट्नु भएको थियो ।

त्यसअघि गत पुस ३ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भणडरीले सरकार निर्माणका लागि गरेको आह्वानका दिन कार्यवाहक राजदूत वाङ सिनल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेट्नु भएको थियो । पुस १२ रेल्वे अध्ययनका लागि चिनियाँटोली नेपाल आइपुगेको थियो ।

तपाईको प्रतिक्रिया