रामबालक सर जसले क्रान्तिको बीज छरेर जानुभयो

एकताका उहाँले श्वेतक्रान्तिको बारेमा पढ्नुभएको थियो । उहाँलाई लाग्यो कि दुध उत्पादनमा इटाटार स्वनिर्भर हुन सक्छन् । त्यसैले विभिन्न प्रकारको घाँसको बारेमा अध्ययन गर्न विहारको पुसा कृषि विश्वविद्यालय पुग्नुभयो जहाँ कैयौ दिन बसेर गाईलाई खुवाउने घाँसको बारेमा अध्ययन गरेर फर्किनु भयो ।

–रामरिझन यादव,-
महापण्डित राहुल सांकृत्यायनले एक ठाउँमा लेख्नु भएको छ, ‘गाउँघरमा गाईभैंसी चराउँदै कतिपय व्यक्तिले यस्ता यस्ता रचनाको सिर्जना गर्छन् कि ठूल्ठूला साहित्यकारको दाँत अमिलो हुन्छ ।’ अर्थात् प्रतिभाको जन्म सुखशयलमा नै हुन्छ भन्ने होइन । रामबालक यादव जसलाई रामबालक सरले चिनिन्छ उहाँ त्यस्तै ‘गुदरीका लाल’ हुनुहुन्थ्यो ।
रामबालक यादव त्यतिकै रामबालक सर हुनुभएको होइन, उहाँले कलेज र विश्व विद्यालयको औपचारिक शिक्षा वा डिग्री प्राप्त नगरे पनि आफ्नो स्वअध्ययनबाट केही विषयमा शास्त्रार्थ गर्न सक्ने हैसियत बनाउनु भएको थियो । उहाँसँग विषयको कुनै पाबन्दी थिएन । जुनसुकै विषय होस् केही न केही ज्ञान उहाँले त्यस विषयमा आर्जन गरेको देखिन्थ्यो । यही नै उहाँको खुबी हो ।
गाउँघर वा शहर बाजारमा अहिले चारैतर्फ स्कूल कालेजहरु खुलेको छन् । हजारौ विद्यार्थीहरु पढ्न गइरहेको देखिन्छन् । लाखौ लाख पासको परीक्षाफल पनि प्रकाशित भएको पाइन्छ । शिक्षकहरुको कुनै कमी छैनन् । पढेलेखेकाहरु पनि छन् । तर, बाटोमा बिक्रि भइरहेको एउटा पत्रिका कोही किन्दैन वा पढ्न रुचाउदैनन् ।
अर्थात् पठन संस्कृति ह्रास आएको देखिन्छ । कुनै पुस्तक प्रकाशित भयो भने त्यसलाई किन्न वा पढ्न मानिस रुचाउदैनन् । किनकि उनको धेरैजसो समय मोबाइलले खाइदिन्छ । यसले गर्दा मानिस मौलिक ज्ञान प्राप्त गर्नबाट टाढिदै छन् ।

रामबालक सर त्यहीं मौलिक ज्ञानको खोजिमा जीवनभर भौतारिनु रहनुभयो । उहाँले आफ्नो जीवनकालमा धेरै अभ्यासहरु गरेको पाइन्छन् । ग्रामीण समाजमा गरिएका ती अभ्यासहरु कति फलदायी थिए वा भए भन्ने कुरा आज उहाँ दिवंगत भइसकेको अवस्थामा धेरैलाई सोच्न बाध्य बनाएका छन् । किनकि, उहाँले स्थापित गर्नुभएको ती अभ्यासहरु आज मानिसको जीवन यापनका लागि आधार बनेका छन् । विचार कति ठूलो कुरा रहेछ भन्ने कुरा गाउँठाउँको मानिसलाई थाहा हुदैन । जसको बिजारोपन रामबालक सरले गर्नुभएको थियो ।
ग्रामीण भेकमा बसेर पनि उहाँले जे विचार पोख्नु हुन्थ्यो त्यो राष्ट्रि«य रुपमा चर्चा परिचर्चा भएको पाइन्छ । अन्ततोगत्वा सबै त्यही ठाउँमा पुग्थे जहाँ रामबालक सरले आफ्नो विचार पोखेका हुनुहुन्थ्यो । कतिपय विचार त राष्ट्रिय रुपमा स्थापित पनि भए, जस्तो मिटरब्याज आन्दोलन । हजारौं पिडितले अहिले जुन राहत पाइरहेका छन् ती रामबालक सरकै देन हो ।
सायद यिनै कारणले होला, गोरखापत्रका सहसम्पादक तथा औरही गाउँपालिका निवासी सुरेशकुमार यादवले आफ्नो श्रीमतीको नाममा रहेको सहारा टाइम्स पाक्षिकको तर्फबाट रामबालक सरको विद्वता तथा लगनशीलतालाई हेरेर प्रत्येक वर्ष औरही माविबाट ‘सी’ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई रामबालक सरको नाममा पाँच हजार रुपियाँ पुरस्कार दिइने घोषणा गर्नुभएको छ । उहाँको यो घोषणाले यस भेकका बुद्धिजीबीहरुमा नवीन प्रकारको उत्साहको सञ्चार भएको छ ।
किनकि लाखौलाखको भोज र काजकिरिया तथा करोडौको दाइजोमा खर्च गर्ने मधेशी समाज आफ्नो बालबच्चामा उत्साह थप्न यसप्रकारको पुरस्कारको स्थापना बिरलै गरेको पाइन्छ । सामान्य परिवारमा जन्मेका र हुर्केका पत्रकार सुरेशकुमार यादव यस अर्थमा प्रशंसाका पात्र हुनुभएको छ ।
शैशवकालीन परिवेश
सिरहा जिल्लामा मात्र होइन, तराई मधेशमा नै चर्चित गाउँ सुब्बाऔरहीसँग टाँसिएको र भारतीय सीमानासँग जोडिएको इटाटार भन्ने गाउँ छ । औरहीसँग कुममा कुम जोडिएकोले स्वभाविक रुपमा सामन्तवादको प्रभाव इटाटारमा प्रचूर मात्रामा परेको थियो । धेरैजसो व्यक्ति गरीब थिए । अलिकति खेतीपाती भए पनि दुईछाक टार्न मुस्किल पर्थ्यो । त्यस्तो विषम् परिस्थिथितिमा २०२७ कार्तिक १४ गते तीन भाइ बहिनीमध्ये एकमात्र पुत्ररत्न रामबालक यादव प्राप्त भएकोमा बुबा जुगुतलाल र आमा द्रोपदी देवीको खुशीको सीमा थिएन ।
हिन्दुवादी पुरुष प्रधान समाजमा सबैले पहिलो बच्चा पुत्ररत्नको रुपमा प्राप्त होस् भन्ने मनमनै अनेकौ भाकल गरेका हुन्छन् । द्रोपदी देवीको पनि पहिलो सन्तानको रुपमा छोरी प्राप्त भएकोले छोराको आश लगाएर बसेको परिवारको मनोकामना पूरा भयो । बुबा जुगुतलाल तुलसीदासद्वारा रचित रामचरितमानसको अनुयायी भएकोले छोराको नामको अगाडि “राम” राखेर रामबालक राख्नुभयो ।
समान्य खेतीपाति गरेर जीवन निर्वाहन गर्दै आउनु भएका जुगुतलाल र द्रोपदी देवीको घरमा जेठो सन्तानको रुपमा एक कन्या फूलगामा र पुत्र रामबालक यादव तथा काका लटा यादव सन्तानविहीन भएकोले पाँच जनाको परिवार मात्र थियो । थोडै मात्र जमीन भए पनि बुबा जुगुतलाल र काका लटा यादवको मेहनतबाट जेनतेन परिवार धानी रहेको अवस्थामा फेरि छोरीको रुपमा अर्को सन्तानको जन्म भयो, जसको नाम राखियो जगदम्बा ।
यसरी आफ्ना तीन भाइबहिनी, बुबाआमा र काकाको माझमा रामबालक यादवकोे शैशवकालीन अवस्था बित्दै गर्दा इटाटारमा प्राथमिक विद्यालयको स्थापना भएको थियो ।
शैक्षिक पठनपाठन
२०१७ सालमा प्रजातान्त्रिक व्यवस्थालाई मासेर राजा महेन्द्रले ल्याएको निर्दलीय सामन्तवादी पञ्चायती व्यवस्थाको जगजगी थियो । छेउमा रहेको मित्रराष्ट्र भारतमा साक्षात दुर्गाको अवतार भनिने इन्दिरा गान्धीको नेतृत्वमा पाकिस्तानलाई दुई टुक्रा पारेर बङ्गलादेशको जन्म दिइसकेको थियो भने एउटा सार्वभौम राष्ट्र सिक्किमलाई भारतमा बिलय गराएकोले नेपालमा भारतप्रति संसय जागेको थियो ।
त्यसैले राजा महेन्द्रले अरुले एकसय वर्षमा गरेको विकास नेपालले १० वर्षमा गर्नु पर्छ भन्ने उद्घोष गर्नुभएको थियो । स्कूल कालेजहरु धमाधम स्थापना हुँदै थिए । त्यसै क्रममा इटाटारमा प्राथमिक विद्यालयको स्थापना भएका थियो । जसको पहिलो हेडमास्टर हुनुहुन्थ्यो श्रीनारायण महतो अर्थात् कोरियामाट्साव । उही कोरियामाट्साव रामबालक सरको पहिलो गुरु बन्न पुग्नुभयो । गाउँमा रहेका जमिन्दार सीताराम यादवले आफ्ना केही जग्गा स्कूल खोल्न दिएपछि प्राथमिक विद्यालय इटाटारको स्थापना भएको थियो जो शैक्षिक रुपमा अहिलेसम्म जस्ताको त्यस्तै छ । अर्थात् आधारभूत विद्यालय नामकरण गरिए पनि पढाई भने पचास वर्षपछि पनि कुनै बढोतरी भएको देखिन्न ।

हिन्दुवादी पुरुष प्रधान समाजमा सबैले पहिलो बच्चा पुत्ररत्नको रुपमा प्राप्त होस् भन्ने मनमनै अनेकौ भाकल गरेका हुन्छन् । द्रोपदी देवीको पनि पहिलो सन्तानको रुपमा छोरी प्राप्त भएकोले छोराको आश लगाएर बसेको परिवारको मनोकामना पूरा भयो ।

अहिले ८४ वर्ष पुगेका श्रीनारायण महतो कुशवाहा भन्नुहुन्छ, ‘रामबालक शैशवकालदेखि नै विलक्षण स्वभावका थिए, जे दिइन्थ्यो तुरन्ता तुरुन्त घोकेर सुनाइ दिन्थे । तीन कक्षा पास गरेपछि उनी छेउकै श्री सुन्दर निमावि औरहीमा दाखिला लिए ।’
तत्कालीन श्री सुन्दर निमावि औरहीमा नामाङ्कन गराईसके पछि रामबालक दिनहुँ स्कूल जानुहुन्थ्यो । कतिसम्म भने जुन दिन विदा हुन्थ्यो त्यो दिन पनि आमालाई आज किन पढाई नभएको सोध्नु हुन्थ्यो उहाँले । बाल्यकाल खेलकुद गरी समय बिताउने समय हो तर किन हो कुनी रामबालकलाई खेल्नुभन्दा पढ्नमा नै बढी रुची थियो । उहाँ ६ कक्षामा पुग्नुभयो तर उच्च शिक्षामा विपरित मनोवृत्तिको विकास भयो ।
जान पाउनु भएन बुढानिलण्ठ
नेपालभरिमा नाम चलेको एउटा स्कूल नाम हो बुढानिलकण्ठ स्कूल । तत्कालीन युवराज धिराज दीपेन्द्र पनि त्यही स्कूलका उत्पादन थिए भने सिरहा जिल्लाको मिर्चैया निवासी वशन्त यादव (मेरो सानीआमाका छोरा) त्यही स्कूलबाट पढेका हुन् । उनी युवराज दीपेन्द्रका क्लासमेट हुन् । संयोगले उनी पनि औरही गाउँपालिकासँग सम्बन्धित हुन पुगेका छन् । जो गाउँपालिकमा रामबालक सरको घर पर्दछ । औरहीका पूर्वकर्मचारी सत्यनारायण यादवका ज्वाई हुन् । अहिले नेपालको सबैभन्दा महँगो स्कूल रातोबङ्गलाका शिक्षक हुन् ।
विक्रम सम्वत २०२९ सालमा स्थापना भएको सो स्कूलले प्रत्येक वर्ष देशभरीबाट जेहन्दार र विलक्षण स्वभाव र प्रतिभा भएका विद्यार्थी चयन गर्ने परम्परा स्थापित गरेको थियो । जसको सम्पूर्ण खर्च स्कूलले व्यहोर्ने गरिन्थ्यो । यसैक्रममा स्कूलको टीम सिरहा आई पुग्यो । जिल्लाका विभिन्न स्कूलहरुले उसको आचारसंहितानुसार चार कक्षाका विद्यार्थीलाई परीक्षामा सामिल गराए । जसमा श्री सुन्दर निमाविका हेडमास्टर फुलेश्वर यादवले रामबालक यादवलाई पठाउनुभएको थियो ।
वास्तवमा उहाँ ६ कक्षाका विद्यार्थी हुनुहुन्थ्यो । तर पढ्नमा अत्यन्तै मेधावी भएकोले रामबालकले परीक्षा पास गर्न सक्छ भनेर कक्षा घटाएर पठाइएको स्कूलका कतिपय शिक्षकहरु बताउनु हुन्छ । जसमा सबैभन्दा बढी सहयोग उहाँको प्रतिभाले गरेको थियो । अर्को सहयोग उहाँको पुड्कोपनले दियो । अर्थात् कद छोटो भएकोले चार कक्षाको विद्यार्थी हो भन्दा कुनै फरक परेन ।
उहाँ पास पनि हुनुभयो। तर अफसोच समयमा काठमाडौँ जान नसकेकोले त्यो स्कूलमा नामाङ्कन हुन पाएन । सकेण्ड ग्रेड तथा उही प्रकारको स्कूल त्रिभूवन आदर्श मावि फार्पिंगमा पनि रहेछ जहाँ उहाँको एडमिशन भयो । त्यहीबाट उनले २०४२ सालमा प्रथम श्रेणीबाट एस.एल.सी. उत्तिर्ण गर्नुभयो । उहाँको मार्कशीट हेर्दा नेपाली विषयबाहेक सबैमा डिसटिन्सन मार्क छन् ।
नेपालीमा पनि ५० अंक ल्याएका हुन् जो साहित्यमा राम्रो मानिन्छ । हाम्रो बेलामा नेपालीबाहेक हिन्दी विषय लिने चलन पनि थियो । मैले ५६ मार्क ल्याउँदा त्यस विषयका चन्द्र माध्यमिक विद्यालय सिरहाका गुरुवर पं.बुद्धिनाथ झाले धेरै प्रशंसा गर्नुभएको मलाई अझै याद छ
उच्च शिक्षामा असफल
उहाँ २०४२ सालमा मैट्रिक पास गर्दा ठीक १५ वर्षको हुनुहुन्थ्यो । जो औसतभन्दा तल हुन्छ । औरही स्कूलको हिसावमा एस.एल.सी दिइएको भए १३ वर्षमा नै पास हुन्थ्यो उहाँ । अर्थात् दुई वर्ष घटाएर बुढानिलकण्ठ स्कूलको नामांकन परीक्षमा फुलेश्वर सरले सिरहा पठाएका थिए । यो उमेर एउटा यस्तो बेला हो जो पतालतिर हेर्दैन । आकाशमात्र हेर्छ । त्यसैले त प्रचण्ड र बाबुरामले नेपाल प्रहरी र सेनालाई पराजित गर्न जनयुद्धमा १६ देखि २० वर्षको युवालाई प्राथमिकतामा राख्नु भएको थियो । कस्तो अचम्मको उमेर हो भन्ने कुरा यसबाट अन्दाज लगाउन सकिन्छ कि बच्चादेखि पालनपोषण गरेको एउटा छोरी अञ्जान र कहिल्यै नदेखेका व्यक्तिसँगको केही दिनको मित्रतामा सदाको लागि घरपरिवार छोडेर भाग्छन् ।

काका नथुनी यादव भन्नुहुन्छ, ‘एक दिन बुबा जुगुतलाल यादव खेतमा हलो जोतिरहेका थिए । त्यतिकैमा शुटबुटमा सजिएर उनी त्यहाँ पुगे । बुबाले पढाईको बारेमा सोध्दा आफ्नो तयारी नपुगेकोले परीक्षा दिन असमर्थ भएको बताएका थिए । बुबाले उनको कुरा सुन्न बितिकै आग बबुला भए । गोरुलाई कुट्ने लठीले खेतको हिल्लोमा कुट्न थालेपछि मैले बचाएको थिए ।’

जसलाई चलनचल्तीको भाषामा प्रेम भने पनि त्यो वास्तवमा दिवानगी हो । उहाँले शैशवकालदेखि शिक्षालाई जसरी प्रेम गर्नुभएको थियो । १६ वर्षको त्यो यौवनावस्थाले यस्तो दिवानगीमा रुपान्तरित गर्यो कि जीवन र जगत के हो भन्ने कुराको बोध नै भएन उहाँलाई । पारिपटीको एउटा अल्लारे केटासँगको कुसङ्गतले उहाँको शैक्षिक प्रेम दिवानगीको लपेटामा परेका कारणले गर्दा रामबालक सर आफ्नो उच्च शिक्षा जस्तो अत्यन्तै महत्वपूर्ण जीवनकाललाई बर्वाद पार्नुभयो ।
वास्तवमा उहाँको त्यो दिवानगी कुनै केटीभन्दा पनि कराँतेसँग थियो थियो । कराँते खेल जो एशियाडदेखि ओलम्पिकसम्म खेलिन्छन् तर उहाँ स्थानीय खेलाडी पनि हुन पाउनु भएन ।
त्यतिबेला उहाँ विहारको नामी महाविद्यालयमध्ये एक दरभंगास्थित सि.एम. साइन्स कलेजको आई.एस.सी.का विद्यार्थी हुनुहुन्थ्यो । उहाँको पढाई राम्रो होस भनेर बुबाले ६ कठ्ठा खेत बेचेर बैंकमा पैसा राख्नु भएको कुराले के पुष्टि हुन्छ भने अभिभावक शिक्षाप्रति अत्यन्तै सचेत हुनुहुन्थ्यो । किनकि थोडै मात्र खेत भएकोले दुईछाक टार्न मुस्किल पर्ने अवस्था रहेकोले साक्षर बुबालाई कसैले सुुझाएको हुन सक्छन् । होइन भने पढाईप्रति यादव जातमा त्यति चासो थिएन ।
गाउँमा मुश्किलले केही व्यक्ति ग्रेजुवेट गरेका थिए । बरु बढही (शर्मा) जातमा शिक्षाको घाम लागेको देखिन्छ । र, शायद त्यसैले होला नेपाल सरकारको सबैभन्दा ठूलो ओहदामा तिनै जातका श्रीनारायण शर्मा पुग्नु भएको हो । प्राध्यापक बद्रीनारायण यादव सिरहा स्कूलका शिक्षक हुनुहुन्थ्यो भने रोहित यादव सन्हैठा माविमा पढाउनु हुन्थ्यो । यस्तो विषम परिस्थितिमा एउटा सामान्य साक्षर बुबाले रामबालकको लागि गरेको शैक्षिक व्यवस्थापन अत्यन्तै प्रशंसायोग्य मान्नुपर्छ । तर यति हुँदाहुँदै पनि उहाँले कराँते खेलप्रति देखाएको दिवानगीको कारण बुबाले ठूलो सजाय दिनुभएको थियो ।
बुबाले कुटेको यथार्थ
काका नथुनी यादव भन्नुहुन्छ, ‘एक दिन बुबा जुगुतलाल यादव खेतमा हलो जोतिरहेका थिए । त्यतिकैमा शुटबुटमा सजिएर उनी त्यहाँ पुगे । बुबाले पढाईको बारेमा सोध्दा आफ्नो तयारी नपुगेकोले परीक्षा दिन असमर्थ भएको बताएका थिए । बुबाले उनको कुरा सुन्न बितिकै आग बबुला भए । गोरुलाई कुट्ने लठीले खेतको हिल्लोमा कुट्न थालेपछि मैले बचाएको थिए ।’
रामबालक सरको बुबाको भनाई थियो कि पढ्न दिएपछि पढ्नु पर्छ अन्यथा खेतमा काम गर । बुबाको भावलाई आत्मसात गर्दै पुनः उनी भारतको दरभंगातिर लाग्नुभयो । परीक्षा पनि दिनुभयो तर कुसङ्गतले बिगारेको दिनको पुनरावृत्ति भयो । उहाँ असफल भएर घर फर्किनुभयो । शैक्षिक रुपमा मैट्रिक पासको मैट्रिक पासमा नै अड्किनुभयो । उहाँले आ्ैपचरिक रुपमा उच्च शिक्षामा उक्लिन सक्नुभएन । तर म चाहि उक्ले । मरो दिवानगी भैंसी चराउनु र पहलवानी खेल्नुसँग थियो । बुबाले कुटे पनि भैंसीमा भाग्थे । तर, काका जीवछ, रासलाल र रामनारायण तथा भैया मातबर पढेलेखेका ग्रेजुवेट भएकोले त्यो संस्कार ममा आएकोले पढ्न सके ।
व्यवहारिक अभ्यास
औपचारिक रुपमा मैट्रिक पास गरेपनि रामबालक सर गामघरको लागि विद्वान नै हुनुहुन्थ्यो । उहाँको बोली बचन र व्यवहार कुनै पनि उच्च शिक्षा प्राप्त व्यक्तिभन्दा कम थिएन । आफ्नो मातृभाषा मैथिलीमा उहाँको भाषण सुन्न लायक हुन्थ्यो । शैक्षिक डिग्री कम भए पनि उहाँ उच्चस्तरको सोच राख्नेमा पर्नुहुन्थ्यो जो सामान्य पढे लेखेकाहरुले गर्दैनन् वा गर्न पनि सक्दैनन् ।
एकताका उहाँले श्वेतक्रान्तिको बारेमा पढ्नुभएको थियो । उहाँलाई लाग्यो कि दुध उत्पादनमा इटाटार स्वनिर्भर हुन सक्छन् । त्यसैले विभिन्न प्रकारको घाँसको बारेमा अध्ययन गर्न विहारको पुसा कृषि विश्वविद्यालय पुग्नुभयो जहाँ कैयौ दिन बसेर गाईलाई खुवाउने घाँसको बारेमा अध्ययन गरेर फर्किनु भयो । गाई पालन पनि गर्नुभो । उहाँको देखा सिकीमा मैले पनि गाई पालनको लागि केही लाख खर्च गरेका थिए । तर, दुबैजना असफल भए । यद्यपि हामीले प्रारम्भ गरेको सोचबाट इटाटारमा श्वेतक्रान्ति भयो । अहिले इटाटार दुधमा आत्मनिर्भर छन् भने मेरो गाउँ सन्हैठा परनिर्भर ।

मूलभूत रुपमा उहाँ ‘को’ हुनुहुन्थ्यो भन्ने कुरा ठम्याउन गाह्रै पर्ला । अभियानी (कम्पेनर) थिए कि आन्दोलनकारी ( मूभमेन्ट लन्चर) वा क्रान्तिकारी (रिभोलुसनरी) । मूलतः उहाँ परिवर्तनकारी हुनुहुन्थ्यो ।

एकताका उहाँ कतै पहाडमा शिक्षक हुनुहुन्थ्यो । साथीसँग भेट भयो । शिक्षण छोडेर केला खेती गर्न कैलाली जिल्लाको टिकापुर पुग्नुभयो । केला राम्ररी फल्न लागेकै अवस्थामा बुबाको देहान्त भयो । गहभरि आँसु लिएर बुबा सामान काका नथुनी यादव दुई दिनसम्म सिरहामा सम्पर्क गर्दा बल्ल दुई सकेण्डको लागि सम्पर्क भएको थियो उहाँको । बुबा बित्यो भन्ने कुरा उहाँ सुनेको हुनाले नै चितामा राखिसकेको बुबालाई हेर्न घर आइपुगनु भएको थियो ।
शिक्षण अभ्यास
उहाँले आफ्नो जीवनमा सबैभन्दा बढी अभ्यास शिक्षणको लागि गर्नुभएको छ । त्यसैले रामबालक सर कहलाउनु भयो उहाँ । उहाँ पढेको स्कूलमा नै सबैभन्दा पहिले शिक्षक बन्नुभयो । दक्षिणकालीमा रहेको त्रिभूवन माध्यमिक विद्यालयमा पहिलो पटक पढाउन थालेपछि केही दिनपश्चात खटपट भयो । उहाँले त्यो छोडेर घर जानका लागि तयारी गरिहँदा विद्यार्थीले हडताल गरेका थिए । फलस्वरुप उहाँ त्यहाँ बस्न बाध्य हुनुभयो । तर धेरै वर्षसम्म बस्न सक्नु भएन ।
सकेको भए आज उहाँ काठमाडौंबासी हुन्थ्यो होला र शिक्षामा औपचारिक रुपमा उच्च डिग्री प्राप्त गरिसकेको हुन्थ्यो होला । तर, अस्थिर मन र व्यवहारको कारण उहाँ आफ्नो छोटो जीवनकालमा करिब एक दर्जन स्कूल चहारेको वा खोलेको देखिन्छन् । दक्षिणकालीपछि उहाँ गोरखा पुग्नुभयो । गोरखाबाट केला खेती गर्न टिकापुर पुग्नु भएका रामबालक सर त्यहाँ पनि अध्यापन गर्नुभएको थियो । तत्पश्चात् उहाँ आफ्नो बुबाको शदगत गर्न घर फर्केपछि फेरि कहिल्यै फर्केर पहाड चढ्नु भएन ।
आफ्नो जिल्ला सिरहामा रहँदा उहाँले औरही भन्सार नजिक दीपज्योति बोर्डिङ्ग स्कूल त्यसपछि सन्हैठामा स्थापित जनता जनार्दन स्कूलको प्रिन्सपल भएर केही वर्ष काम गर्नुभएको थियो । यस बीचमा उहाँले सुन्दर मावि औरहीमा पनि पढाउनुभयो । तर त्यहाँ धेरै दिनसम्म टिक्नु भएन । त्यसपछि उहाँले गणेशपुर चौकमा मिथिला विद्या मन्दिर स्थापना गर्नुभएको थियो । यो स्कूल केही वर्षसम्म त चल्यो तर निरन्तरता भने लिन सकेन ।
अन्त्यमा आफ्नै जग्गामा ज्ञानदर्शन स्कूल खोल्नुभयो जसको भौतिक अवशेष अझै बाँकी छ । त्यहीं स्कूलको प्राङ्गनमा उहाँ सदाका लागि विलीन हुनुभयो । एउटा शिक्षकको लागि योभन्दा ठूलो गौरवको विषय अर्को हुनै सक्दैन ।
सामाजिक क्रान्ति
मूलभूत रुपमा उहाँ ‘को’ हुनुहुन्थ्यो भन्ने कुरा ठम्याउन गाह्रै पर्ला । अभियानी (कम्पेनर) थिए कि आन्दोलनकारी ( मूभमेन्ट लन्चर) वा क्रान्तिकारी (रिभोलुसनरी) । मूलतः उहाँ परिवर्तनकारी हुनुहुन्थ्यो । त्यसैले आफ्नो बुबाको काजकिरिया चार दिनमा सकाउनु भएको थियो । एउटा परिवर्तनकारी अभियानी पनि हुन सक्छ । आन्दोलनकारी र क्रान्तिकारीको अंश त्यसमा पाइन्छ । तर आन्दोलनकारी वा क्रान्तिकारी हुन्छ नै भन्ने कुरा होइन । उहाँले सामाजिक परिवर्तनका लागि जे भूमिका खेल्नुभयो त्यसले तत्काल कुनै परिणाम दिन नसकेपनि अन्त्यमा समाज सुधारको एउटा अव्यवको रुपमा स्थापित हुनेछ ।
मिटरब्याज आन्दोलन
मिटरब्याज के हो भन्ने कुरा मलाई राम्ररी थाहा थिएन । हुलाकी सडकको लागि राजविराजबाट जनकपुरसम्मको पैदलमार्च गर्ने बेलामा रामबालक सरले मलाई र मनोज पासवानलाई सम्झाउनु भएको थियो । तर, हुलाकी सडक, कमला र बलान पुलको निर्माणको लागि निर्लिप्त लागेकोले मिटरब्याजमाथि ध्यान नै दिन सकिरहेको थिइन । किनकि म पनि यसबाट नराम्ररी थिचिएको थिए । आफ्नो कर्ज सधाएर अनि आन्दोलन गर्ने सुरेन्द्रजीको सोच अनुरुप काम गर्ने ध्येय थियो ।
जसलाई रामबालक सरले धुयाधार विरोध गरिरहनु भएको थियो । किनकि उहाँको सबैभन्दा जेहेन्दार शिष्य मनोज पासवानलाई म हुलाकी सडक संघर्ष समिति सिरहाको संयोजक बनाएको थिए । एकदिन भेंट गर्न गएको बेला आंगनमा नै शितयुद्ध छिड्यो । त्यस दिनदेखि मनोजजी मिटरब्याज विरुद्धको संघर्षमा निर्लिप्त लाग्नुभयो जसलाई मैले इमान्दारीसाथ सघाएको मात्र हो । म र मनोज पासवान आन्दोलनकारीको रुपमा मिटरब्याजलाई कानुनी दायरामा ल्याउन सफल भएपनि विचारको प्रष्टफुटन रामबालक सरबाट नै भएको थियो ।
रामबालक पाउन मुस्किल
रामबालक यादवको लागि एउटा प्रोभर्व लागु हुन्छ ‘जैक अफ अल ट्रेड्स बट मास्टर अफ नन ।’ उहाँ वास्तवमा धेरै विषयको ज्ञान राख्नु हुन्थ्यो तर कुनैमा पनि पोख्त हुनुहुन्थेन भन्ने कुरा उहाँले आफ्नो जीवनकालमा गरेको कार्यबाट पुष्टि हुन्छ । त्यसैले धेरैतिर हात हाल्नुभन्दा एकाग्रचित भएर एउटा मात्र राम्रोसँग काम गर्न सके त्यसले नै विश्वविख्यात बनाउँछ । अर्थात् ‘थिन्क ग्लोबली बट एक्ट लोकली’ को सिद्धान्त अनुरुप काम गर्न सके फलदायी हुन सक्ने सम्भावना बढी हुन्छ ।
रामबालक सर यस अर्थमा असफल सावित हुनुभयो । होइन भने उहाँको जस्तो प्रतिभा समाजमा विरलै जन्मिन्छन् । औरही गाउँपालिका के सिरहाको दक्षिणी भेकमा त छदै छैन भन्दा पनि हुन्छ । सिरहाको सात लाख ४८ हजार ८ सय १६ जनसंख्यामध्ये मुस्किलले भेट्ला । शब्दश्रद्धान्जली ।
(जगियाजानकी कुटिर, सन्हैठा सिरहा)

तपाईको प्रतिक्रिया