कति पढेका छन् महिला सांसदहरु ?

देशको नीति निर्माण गर्ने सांसद तथा मन्त्रीहरु कति पढेका छन् त्यसको बारेमा बेलाबेलामा प्रश्न नउठेका होइनन् । आमजनताले सांसदको शैक्षिक योग्यताको बारेमा पटक पटक प्रश्न उठाउने गरेका छन् । कहिले काही त सांसद तथा मन्त्रीहरुको शैक्षिक योग्यताको बारेमा कडा टिप्पणी पनि हुने गरेका छन् ।
सांसदहरुको शैक्षिक योग्यताको बारेमा आज मात्र प्रश्न उठेको होइन । पञ्चायतकालमा पनि प्रश्न उठेको थियो । यसरी प्रश्न उठ्दा त्यतिबेलाको संविधानमा नै शैक्षिक योग्यताको बारेमा व्यवस्था गरेको थियो । तर ती पढे लेखेका सांसदहरुले राजाकै बिरुद्धमा बोल्न थालेपछि त्यो प्रावधान हटाइएको थियो । त्यतिबेलाच स्नातकबाट जितेकामध्ये एक हुनुहुन्थ्यो रामराजा प्रसाद सिंह । उहाँले राजाको विरुद्धमा बोल्दा जेल पर्नुभएको थियो । यस्ता अरु पनि स्नातक थिए जो राजतन्त्रको विरुद्धमा अवाज उठाउँदा साजय भोगेका थिए ।
२०१९ को संविधानको धारा ३४ को (ग) मा स्नातक कोटामा उम्मेदवारी दिने व्यवस्था थियो । ती उम्मेदवार स्नातक पढेका मतदाताले नै मतदान गर्ने व्यवस्था थियो । स्नातकहरुले राजा राजातन्त्र तथा बहुदल व्यवस्थाकै विरुद्धमा बोल्न थालेपछि त्यो प्रावधान संविधानबाट हटाइएको थियो । त्यसपछि हालसम्मको संविधानमा सांसदको शैक्षिक योग्यताको बारेमा कुनै व्यवस्था गरिएको छैन । साधारण लेखपढदेखि लिएर पीएचडीसम्म गरेका व्यक्ति उम्मेदवार बन्न पाउँछन् । तर आहिलेको संसदमा सबभन्दा बढी स्नातक र स्नातकोत्तर पढेकाहरु छन् ।
अहिलेको संसदमा साधारण लेखपढ गर्ने सांसदको सँख्या १० छन् भने एसएसलसी (एसइइ) उत्तीर्ण गर्ने सांसदको सँख्या २९ रहेका छन् । प्लस टु (प्रमाणपत्र तह)सम्म अध्ययन गर्ने सांसदको सँख्या ४९, स्नातक तह अध्ययन गर्ने सांसदको सँख्या ८७, स्नातकोत्तर अध्ययन गर्ने सांसदको ८१ र पीएचडी÷एमफिल गर्ने सांसदको सँख्या १३ रहेका छन् । संसद सचिवालयका अनुसार छ जनाले आफ्नो शैक्षिक योग्यता सार्वजनिक गरेका छैनन् ।
कति पढेका छन् महिला सांसद ?
अहिलेको प्रतिनिधि सभामा नौ जना महिला प्रत्यक्ष चुनाव जित्नु भएको छ । प्रतिनिधिसभातर्फ ३३ प्रतिशत र प्रदेश सभातर्फ ३६ प्रतिशत महिला निर्वाचित भएका छन् । प्रतिनिधिसभा ३३.१० प्रतिशत अर्थात् ९१ जना महिला निर्वाचित भएका छन् भने सात वटै प्रदेशमा ३६.३६ प्रतिशत अर्थात् २०० जना महिला निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २२५ र प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार १८७ जना महिलाले उम्मेदवारी दिएका थिए । त्यस्तै, प्रदेशसभाको प्रत्यक्षतर्फ २८० र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ५११ जना महिलाले उम्मेदवारी दिएका थिए । प्रतिनिधि सभातर्फ रहेका ९१ जना महिला सांसदले कति पढेका छन्, त्यसको बारेमा चर्चा गरौं ।

महिला सांसद–९१
विद्यावारिधी–३
स्नातकोत्तर–२५
स्नातक–२०
प्लस टु–२०
एसएलसी–१६
साधारण लेखपढ–४

तीन जनामहिलाले आफ्नो शैक्षिक योग्यता खुलाएका छैनन् । संसद सचिवालयबाट सुचना अनुसार २५ जना महिला सांसदले स्नातकोत्तर, २० जना महिला सांसदले स्नातक गरेका छन् । तीन जना महिलाले विद्यावारिधी गरेका छन् भने २० जना महिला सांसदले प्रमाणपत्र तह (प्लस टु) उतिर्ण गरेका छन् ।। १६ महिला सांसद एसएलसी (सीइइ) गरेका छन् । चार महिला सांसद साधारण लेखपढ मात्र गरेका छन् ।
एमालेका सांसद विद्या भट्टराई र नगिना यादवले एमफिल गर्नुभएको छ भने काँग्रेसका सांसद आरजु राणाले विद्यावारिधी गर्नुभएको छ । संगिता मण्डल धानुक, सोविता गौतम, सरिता प्रसाइँ, सरस्वती वजिमय, रुकमणी राणा बराइली, मञ्जु शर्मा अन्सारी, मुक्ताकुमारी यादव, माया राइ, प्रतिक्षा तिवारी, नैनकाला थापा, दीप शर्मा, तारा लामा, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, इश्वरी देवी न्यौपाने, इन्दिरा राना, अम्बिका बस्नेत, अनिशा नेपाली, अनिता देवीले स्नातकसम्म पढ्नु भएको छ ।
अञ्जनी श्रेष्ठ, इश्वरी घर्ती, कान्तिका सेजुवाल, कुसुमदेवी थापा, डा.चन्दा कार्की (एमबीबीएस), डा.तोसिमा कार्की (एमबीबीएस), निशा डाँगी, प्रतिमा गौतम, प्रतीक्षा तिवारी, भगवती चौधरी, मेनका कुमारी पोखरेल, मैना कार्की, रञ्जुकुमारी झा, रुपा बिक, रेखा यादव, रेखा शर्मा, रोशनी कार्की, लक्ष्मी तिवारी, विना लामा, विना जयसवाल, सपना राजभण्डारी, सरिता भुसाल, सीता गुरुङ, सीता मिजार, सुनिता बराल, सुशिला श्रेष्ठले स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ ।
त्यस्तै, सोनु मुर्मुर, सूर्यकुमारी श्रेष्ठ, सीताकुमारी राणा (ओभरसियर), शान्ति बिक, विनिताकुमारी सिंह, रामा कोइराला पौडेल, रञ्जिता श्रेष्ठ, रणकुमारी बलम्पाकी मगर, मञ्जु खाँण, विमला सुवेदी, बिनिता कठायत, विन्दबासनि कंसाकार, दुर्गा राइ, जवेदा खातुन जागा, चन्दा चौधरी, गोमा लाभ, कल्पना मियाँ कुसारी, कल्पना चौधरी, आशा बिक, अमृता देवी अग्रहरीले प्रविणता प्रमाणपत्र तह (प्लस टु)सम्म अध्ययन गर्नुभएको छ ।
त्यसैगरि, उमरावती देवी, उर्मिला थेवे, उर्मिला माझी, गंगा कार्की, निर्मला कोइराला, विनाकुमारी थैनत, विना देवी (१० कक्षा), मनोरमा शेरचन, मिना तमाङ, रुपा शोशी चौधरी, लिलादेवी लिम्बु, शान्ति श्रेष्ठ, शोभ ज्ञवाली, सरस्वती सुब्बा, शान्ति चौधरी (आठ कक्षा), सुशीला सिर्पाली ठकुरी, हर्कमाया विश्वकर्मा (१० कक्षा)ले एसएलसी (एसइइ) सम्म पढ्नु भएको छ । मिना यादव, गीता वस्नेत, आस्माकुमारी चौधरी (आठ कक्षा), साधारण लेखपढ्नु गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया