चीनले विस्तारै आफ्नो सञ्जाल मधेशमा विस्तार गरिरहेको छ । महेन्द्र राजमार्ग निर्माणको नाममा नेपाल–भारतको सीमासम्म आफ्नो सञ्जाल विस्तार गरिसकेको चीनले भाषा मधेशीलाई चिनियाँ भाषा सिकाउने नाममा केन्द्र नै स्थापना गरेको छ । चीनले लुम्बिनी प्रदेशको लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना गरेको छ । काठमाडौँमा विभिन्न ठाउँमा भाषा सिकाइ रहेको चीनले त्यसबाहेक यो पहिलो केन्द्र मधेशमा खोलेको छ । त्यति मात्र होइन, लुम्बिनी विश्वविद्यालयमा चीनका विद्यार्थीहरुलाई भर्ना समेत गरेको छ ।
नेपालमा चीनको विकास नीति एउटा बहानामा मात्र हो । चीनको एक मात्र सरोकारको विषय भारत हो । नेपालमा बसेर चीनले अरु केही होइन चीनमाथि निगरानी बढाएको कुटनीतिक मामिलाका जानकाहरु बताउँछन् । विस्तारै आफ्नो पकड नेपाल–भारतको सीमा क्षेत्रमा बढाउन थालेको छ । त्यसका लागि चीनले मधेशमा घुलमिल हुनका लागि विभिन्न परियोजनाहरु लिएर गइरहेको छ । त्यसको पछिल्लो उदाहरण हो लुम्बिनीमा चिनियाँ भाषा सिकाइ केन्द्रको स्थापना । नेपालमा चौथो र काठमाडौँ बाहिर यो पहिलो केन्द्र हो ।
चीनमा अध्ययनका लागि जान चाहने विद्यार्थीले अनिवार्य रुपमा यो परीक्षा पास गर्नुपर्ने हुन्छ । सिकाइ केन्द्रलाई असोज ११ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक रुपमा उद्घाटन गर्नुभयो । त्यसअवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चीनको हनान विश्वविद्यालय बिचमा चिनियाँ भाषा सिकाइ केन्द्र सञ्चालन सम्बन्धमा सहकार्य सम्झौता गरेको थियो ।
मुख्यमन्त्री आचार्यले नेपाल र चीन दुई देशबीचको मित्रता अझ सुमधुर बनाउन सिकाइ केन्द्रले योग्दान गर्ने दावी गर्नुभयो । दुई देश बिचको भाषा, संस्कृतिको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको बताउँदै उहाँले चीनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा सुर्वणलाल ब्रजाचार्यले विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एचएसके परीक्षाका लागि काठमाडौँ जानुपर्ने बाध्यता अत्यन्त भएको छ ।’
एक वर्ष अगाडि नै चीनको हनान विश्वविद्यालयसँग भएको सहकार्य सम्झौताअनुसार चिनियाँ भाषा प्रशिक्षण केन्द्र स्थापना भएको हो । सोही दिन विश्वविद्यालयमा बुद्धिज्म एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चीनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको थियो । चीनको हनान विश्वविद्यालयका अध्यक्ष छ्वाङ क्वाङ्लिनले नेपाल र चीन दुई देशबीच सुमधुर सम्बन्ध विस्तार गर्न प्रशिक्षण केन्द्र महत्वपूर्ण हुने दावी गर्नुभयो ।
तपाईको प्रतिक्रिया