जसपाका राजकिशोर यादवसहित मन्त्रीहरुको सपथग्रहणमा उपप्रधानमन्त्री महतो अनुपस्थित

काठमाडौँ जेठ २७ गते । जनता समाजवादी पार्टी (महन्थ ठाकुर) पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ती बन्नु भएका राजकिशोर यादवलगायत अन्य सातजना मन्त्रीको आज सपथग्रहण थियो तर उपप्रधानमन्त्री समेत रहनु भएका जसपाका वरिष्ठ नेता राजेन्द्र महतो अनुपस्थित रहनु भएको स्रोतले जनाएको छ । उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, विष्णु पौडेल उपस्थित हुनुहुन्थ्यो तर आफ्नै पार्टीबाट मन्त्री पदमा सपथ लिइरहँदा उपप्रधानमन्त्री महतो अनुपस्थित भएपछि धेरैले प्रश्न उठाएको छ ।

जसपा नेपालले मन्त्रीहरुको पहिलो नामावली पठाउँदा त्यसबाट राजकिशोर यादवको नाम वरिष्ठ नेता महतोले हटाएको चर्चा पार्टीमा छ ।

तर पार्टीलाई जानकारी नै नदिइकन राजकिशोर यादव मन्त्री भएपछि त्यसको सपथग्रहणमा समेत अनुपस्थितले त्यो कुराको पुष्टि भएको जसपा नेपाला एक कार्यकारिणी सदस्यले बताउनुभयो । सबभन्दा महत्वपूर्ण कुरा महन्थ ठाकुरले दिनुभएको नामावलीमा जतिपनि मन्त्रालयहरु प्राप्त गर्नुभएको छ, त्यसमध्ये सबभन्दा महत्वपूर्ण मन्त्रालय राजकिशोर यादवले पाउनु भएको छ ।

पार्टी स्रोतकाका अनुसार नेता महतोले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय माग गर्नुभएको थियो तर प्रधानमन्त्री अ‍ोलीले दिन मान्नु भएन ।

जसपा महन्थ ठाकुर पक्षले गृह, उद्योग वाणिज्य र भौतिक मन्त्रालयमध्ये एउटा कुनै दिन पनि भनेको थियो तर प्रधानमन्त्री ओलीले तीमध्ये कुनै पनि मन्त्रालय दिन तयार भएन । तर सोही पार्टीका राजकिशोर यादव मन्त्री बन्न तयार भएर उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय दिएपछि महतोलाई झन चित्त दुखेको पार्टीमा चर्चा छ ।

शपथग्रहण समारोहमा पार्टीको तर्फबाट अध्यक्ष महन्थ ठाकुर जानुभएको थियो । राजकिशोर यादव मन्त्री भएकोमा पार्टीले भोली उहाँको स्वागत तथा सम्मानमा पार्टीले कार्यक्रमका आयोजना समेत गरेको छ ।

राजेन्द्र महतोले नाम काटेका राजकिशोर यादव मन्त्री बन्दै

राष्ट्रपति भवनमा नव नियुक्त मन्त्रीले सपथग्रहण गर्दै

बालुवाटार जाँदा जाँदै मन्त्रीबाट कसले काटे राजकिशोर यादवको नाम ?

 

तपाईको प्रतिक्रिया