भाजपा विदेश विभाग प्रमुख भेट्नुभयो महन्थ ठाकुरलाई ?

काठमाडौँ भदौंँ ७ गते । नेपाल भ्रमणमा रहनु भएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई भेट्नु भएको छ ।

दुईजनाको बीचमा देशको समसामयीक राजनीतिक अवस्थाका साथै भाजपा र लोसपा बीचको सम्बन्धको बारेमा पनि छलफल भएको बताइएको छ ।

आउने दिनमा दुई पार्टी बीच सम्बन्धलाई अझै बलियो बनाउने छलफल भएको बताइएको छ । चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका नेता प्रकाशरण महतालाई समेत भेट्नु भएको छ ।

तपाईको प्रतिक्रिया