जसपा अघिअघि लोसपा पछिपछि

राजनीतिक दाउपेंच होस् या शाक्ति प्रदर्शन जहिले पनि उपेन्द्र यादव अगाडि हुनुहुन्थ्यो । चुनावी प्रतिस्पर्धाबाट महन्थ ठाकुरले उपेन्द्र यादवभन्दा एक दुई सीट बढी ल्याएपनि उहाँले कुनै नकुनै हिसाबले महन्थ ठाकुरलाई पछाडी पार्नुहुन्थ्यो ।

बेलामा बेलामा चर्चा हुने गरेको छ, ‘उपेन्द्र यादवलाई कमजोर गर्नका लागि मधेशमा महन्थ ठाकुरलाई ल्याइएको हो ।’ मधेश आन्दोलनबाट एकाएक शक्तिमा आएका उपेन्द्र यादवलाई कमजोर गरेर कसरी नियन्त्रणमा लिन सकिन्छ त्यसका लागि महन्थ ठाकुरलाई ल्याइएको हो । यो कुरा उपेन्द्र यादवले स्वंय कहिले काही सार्वजनिक रुपमै भन्ने गर्नुभएको छ भने विभिन्न पुस्तक तथा दस्तावेजमा पनि यो कुरा उल्लेख छन् । यहीं शंका र आशंकाको बीचमा उपेन्द्र यादव र महन्थ ठाकुर एक ठाउँमा कहिले आउन सक्नुभएन । दुईजना नेतृत्वको पार्टी बीच पटकपटक मोर्चा तथा गठबन्धन बनाउने प्रयास भयो । प्रयास भएपनि बन्ने र भत्किने काम निरन्तर चल्यो । कहिले पनि दुरुस्त रुपल मोर्चा वा गठबन्धन चल्न सकेन ।

त्यसको एउटै कारण थियो, एकले अर्कालाई आशंकाको नजरले हेर्नु । पछिल्लो समय दुईजनाले नेतृत्व गर्नु भएको पार्टीबीच एकीकरण पनि भयो । तर ६ महिना नपुग्दै दुईजना बीच खटपट सुरु भयो र अन्ततः पार्टी विभाजन भयो । अहिले दुवैजना दुईटा किनारामा हुनुहुन्छ । मधेशमा दुईजना बीच कडा प्रतिस्पर्धा हुने गरेको देखिन्छ । चाहे २०६४ को पहिलो संविधानसभा चुनाव होस् वा २०७० को दोस्रो संविधानसभाको चुनाव होस् । अथवा २०७४ को तीन तहकै चुनाव किन नहोस् । दुई शक्ति बीच कडा प्रतिस्पर्धा भएको देखिन्छ । दुईजना नेतृत्वको पार्टी बीचमा सत्ता सहयात्रा पनि हुन सकेन । गणतन्त्र स्थापनापछि बनेको प्रचण्ड नेतृत्वको पहिलो सरकारमा तत्कालिन मधेशी जनअधिकार फोरम र तमलोपा एकसाथ गएपनि त्यसपछिको दिनमा यी दुई शक्ति एकसाथ कहिले पनि सरकारमा सहभागी भएन ।

र, यो प्रतिस्पर्धामा उपेन्द्र यादव जहिल पनि अगाडि–अगाडि र महन्थ ठाकुर पछि–पछि हुनुहुन्थ्यो । राजनीतिक दाउपेंच होस् या शाक्ति प्रदर्शन जहिले पनि उपेन्द्र यादव अगाडि हुनुहुन्थ्यो । चुनावी प्रतिस्पर्धाबाट महन्थ ठाकुरले उपेन्द्र यादवभन्दा एक दुई सीट बढी ल्याएपनि उहाँले कुनै नकुनै हिसाबले महन्थ ठाकुरलाई पछाडी पार्नुहुन्थ्यो । २०७० को संविधानसभा चुनावमा महन्थ ठाकुरले उपेन्द्र यादव भन्दा बढी सीट ल्याउनु भएको थियो । उहाँले तत्कालिन संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राइसँग एकीकरण गरेर महन्थ ठाकुरको तत्कालिन पार्टी तमलोपाभन्दा ठूलो पार्टी बनेको थियो ।

यो २०७४ को प्रतिनिधिसभा चुनावमा महन्थ ठाकुर स्थानीय तह र प्रदेशमा उपेन्द्र यादवभन्दा कमजोर रहेको छ तर केन्द्रमा एक सीटले भएपनि उहाँभन्दा बलियो हुनुहुन्थ्यो । उपेन्द्र यादवले डा.बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेर केन्द्रमा महन्थ ठाकुर नेतृत्वको तत्कालिन राजपाको बराबर हैसियतमा आउनुभयो ।

प्रतिनिधिसभामा दुवैजना नेतृत्वको पार्टीलाई १७–१७ जना सांसद भए । तर एकदिन यस्तो अवस्था आयो उपेन्द्र यादवले फुट्न लागेको आफ्नो पार्टी मात्र जोगाउनु भएन अहिले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट धेरै नै शक्तिशाली र अगाडि हुनुहुन्छ । यसरी २०६३÷२०६४ देखि हालसम्म दुईजना बीच कडा प्रतिस्पर्धा भएको देखिन्छ तर उपेन्द्र यादव जहिले पनि महन्थ ठाकुरभन्दा अगाडि देखिनु हुन्छ ।

२०७७ बैशाख १० गते मध्यराती उपेन्द्र यादव नेतृत्वका तत्कालिन समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी बीच एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल बन्दा देशकै राजनीतिमा एउटा तरङ्ग उत्पन्न भएको थियो । मधेशमा खुशियाली छाएको थियो । मधेशमा अलग अलग रहेको दुई शक्ति एक ठाउँमा आएपछि मधेशको भोटबाट शाक्तिशाली बनेका काँग्रेस, एमालेलगायतका दलमा पनि चिन्ता बढेको थियो । तर त्यो एकीकरण डेढ वर्ष पनि टिकेन ।

जसपा नेपाल गत भदौमा विभाजन भयो । जसपाबाट राजपा पक्षकका नेता (महन्थ ठाकुर पक्ष) हरु अलग भएर लोसपा गठन गर्नुभयो । अहिल ती दुवै दल एक अर्काको प्रतिस्पर्धा भएका छन् ।

प्रतिनिधिसभामा दुवैजना नेतृत्वको पार्टीलाई १७–१७ जना सांसद भए । तर एकदिन यस्तो अवस्था आयो उपेन्द्र यादवले फुट्न लागेको आफ्नो पार्टी मात्र जोगाउनु भएन अहिले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट धेरै नै शक्तिशाली र अगाडि हुनुहुन्छ ।

अवस्था यस्तो सृजना भएको छ कि एउटै एजेण्डा र मुद्दामा मधेश केन्द्रीत राजनीति गरिरहेका जसपा र लोसपाबीच गठबन्धन बन्ने सम्भावना पनि अहिले कमसे कम स्थानीय तहका लागि समाप्त भएको छ । २०६४÷०६५ देखि मोर्चाबन्दी तथा गठबन्धन बनाएर एक साथ आन्दोलन गरेका यी दलहरुको बीचमा चुनावी गठबन्धन कहिले हुन सकेन । यी दुई शक्तिले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मात्र चुनावी गठबन्धन गर्न सफल भएका थिए । त्यसले गर्दा दुवै दल राम्रो नतिजा ल्याउन सफल भएका थिए । दुवै दलले प्रतिनिधिसभामा ३४ सीट ल्याएका थिए भने मधेश प्रदेशमा ५५ सीट ल्याएका थिए ।

मधेश प्रदेशमा तत्कालिन फोरमले २६ स्थानीय तहमा प्रमुखमा जितेको थियो भने तत्कालिन राजपाले २५ वटा स्थानीय तहमा प्रमुखमा जितेको थियो । एक दुईटा सीट तलमाथि भएपनि दुवै दल मधेशमा बराबरको शक्तिमा थिए । दुवै दलले मधेश प्रदेशमा संयुक्त सरकार नै बनाएका थिए । केन्द्रमा पनि दुवै दलले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेका थिए । विभिन्न कारणले दुवै दल ओली सरकारबाट बाहिरिए । दुवै दलबीच एकीकरण भयो । तर एकीकरणको एक वर्ष नबित्दै विवाद सुरु भएको थियो । सो विवादका कारण मधेश प्रदेशको सरकारबाट महन्थ ठाकुर पक्ष अलग भयो ।

अन्ततः जसपा विभाजन भयो । उपेन्द्र यादव जसपाको आधिकारिकता पाउनुभयो भने महन्थ ठाकुर लोसपा गठन गर्नुभयो । यो फुटमा उपेन्द्र यादव फाइदामा रहनुभयो । उपेन्द्र यादव संघदेखि प्रदेश र स्थानीय तहसम्म लोसपाभन्दा शक्तिशाली हुनुभयो । चुनावबाट बराबरको शक्तिमा रहेका यी दुवै शक्तिमध्ये उपेन्द्र यादव शक्तिशाली हुनुभयो ।

मधेश प्रदेशमा उपेन्द्र यादवले ३० वटा सीट जित्नु भएको थियो तर यो विभाजनबाट उपेन्द्र यादवको पार्टी मधेश प्रदेशमा ३९ जना प्रदेशसभा सदस्यको पार्टी बन्यो । महन्थ ठाकुर नेतृत्वको तत्कालिन राजपाले प्रदेशमा २५ वटा सीट जितेको थियो तर अहिले त्यो दलसँग १६ सीट मात्र बाँकी छन् । संघमा उपेन्द्र यादवको पार्टीले १६ सीट जितेको थियो । तर यो विभाजनपछि उपेन्द्र यादव नेतृत्वको पार्टी २१ सीटको पार्टी भएको छ । संघमा महन्थ ठाकुर नेतृत्वको पार्टीले १७ वटा सीट जितेको थियो तर अहिले १२ सीटमा सिमित भएको छ ।

स्थानीय तहको चुनावमा काँग्रेस र लोसपाबीच एक दुई ठाउँमा गठबन्धन हुने सम्भावना देखिएको छ तर जसपा र लोसपबीच स्थानीय तहको वडातहसम्म छत्तिको आँकडा छ ।

जसपाका प्रदेश–१ मा तीन, बागमतीमा एक, लुम्बिनीमा तीन र सुदूरपश्चिम प्रदेशमा दुई प्रदेश सांसद छन् । लुम्बनी प्रदेशमा ६ प्रदेशसभा सदस्य रहेकोमा ठाकुर पक्षमा लागेका तीन जनालाई जसपाले कारवाही गरेपछि उनीहरुको पद गइसकेको छ । महन्थ ठाकुर नेतृत्वको लोसपासँग प्रदेश–२ बाहेक अन्य प्रदेशमा प्रदेशसभा सदस्य छैनन् ।

जसपा संघ, प्रदेश र स्थानीय तहमा लोसपाभन्दा शक्तिशाली छ ।

चुनावको मिति घोषणा हुँदा स्थानीय तहबाट केही नेता तथा कार्यकर्ता लोसपामा गएका छन् भने लोसपाबाट केही नेता तथा कार्यकर्ता जसपामा गएका छन् । त्यो आउने जाने क्रम अझै जारी छन् । दुवै पार्टीले एक अर्काको नेता तथा कार्यकर्ता तान्ने प्रयासमा लागेका छन् । र, यस अवस्थामा अहिले दुवै पार्टी एक अर्काको विरुद्धमा चुनावमा सहभागी हुँदैछ । दुई पार्टी बीच अहिलेको स्थानीय तहमा वडा तहमा पनि गठबन्धन हुने सम्भावना छैन । स्थानीय तहको चुनावमा एमाले र लोसपालाई एकसीट पनि जित्न नदिने रणनीतिमा सत्ता गठबन्धन रहेको छ । जहाँ जहाँ एमाले र लोसपा जित्ने सम्भावना हुन्छ । बलियो देखिन्छ, त्यहाँ त्यहाँ सत्ता गठबन्धनले चुनावी गठबन्धन बनाउने अनिवार्य बनाएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुले एमाले र लोसपालाई प्रतिगामी शक्तिको संज्ञा दिएका छन् । प्रतिगामी शक्ति भन्दै यी दुई दललाई जिरोमा आउट गर्न रणनीति बनाएका छन् । लोसपाप्रति काँग्रेस अलिकति नरम भएपनि जसपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) कडा रुपमा प्रस्तुत भइरहेका छन् । स्थानीय तहको चुनावमा काँग्रेस र लोसपाबीच एक दुई ठाउँमा गठबन्धन हुने सम्भावना देखिएको छ तर जसपा र लोसपबीच स्थानीय तहको वडातहसम्म छत्तिको आँकडा छ ।

लोसपाको कार्यकारिणी बैठकले स्थानीय तहको चुनावमा आवश्यकता अनुसार कुनै पनि दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धन गर्न बाँकी रहेका दलहरु एमाले, लोसपा, राप्रपा, जनता प्रगतिशिल पार्टी, जनमत पार्टी रहेका छन् । स्थानीय तहको चुनावमा लोसपाले मधेश प्रदेशमा केही पालिका जिते पनि अन्य प्रदेशमा एक सीट पनि नआउने दावी जसपाका कार्यकारिणी सदस्य इस्तियाक राइको छ । यस्तै अवस्था रह्यो भने प्रतिनिधिसभा र प्रदेशसभामा लोसपाको क्लिन स्वीप नै हुने दावी उहाँको रहेको छ ।

लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले पनि राम्रो सीट ल्याउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, स्थानीय स्तरमा आवश्यकता अनुसार कुनै दलसँग चुनाव तालमेल हुन्छ भने गर्नका लागि अधिकार दिइसकेको छ, पालिकाहरुमा जहाँ जहाँ जोसँग तालमेल मिल्छ गठबन्धन बनाएर जाने निर्णय भएको छ ।

लोसपा पनि चुनावमा तुफानी ढंगले अगाडि बढेको छ । उसले पनि प्रदेशहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ भने विभिन्न ठाउँमा आमासभा तथा शक्ति प्रदर्शन गरिरहेका छन् । लोसपाले एक महिनाअघि वीरगञ्जमा शक्ति प्रदर्शन गर्नका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्ला पुग्नु भएको थियो ।

वीरगञ्जमा लोसपा कमजोर छन् । तैपनि आफ्नो शक्ति प्रदर्शन गरेर आफ्नो उपस्थिति देखाएको छ । पर्सामा लोसपाका शक्तिशाली नेता राजेशमान सिंह जसपामा प्रवेश गर्नुभएको छ भने शिव पटेल एमालेमा प्रवेश गरिसक्नु भएको छ । दुईजना नेता दुईतिर लागेपछि पर्सामा लोसपा कमजोर भयो भनि चर्चा चलिरहेको बेला लोसपा त्यहाँ आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

लोसपाप्रति काँग्रेस अलिकति नरम भएपनि जसपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) कडा रुपमा प्रस्तुत भइरहेका छन् । 

मधेशका एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामाथि सबै दलको नजर छ । सत्ताधारी गठबन्धनमा जसपाले दावी गरेको छ । यसअघि जसपाले नै महानगरपालिका जितेको थियो । महानगरपालिमा मेयरमा जितेका विजय सरावगी एमालेमा गइसकेका छन् । एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा सरावगीलाई उठाउने तय गरिसकेको छ ।

बाँकी रह्यो लोसपा । लोसपाले शक्ति प्रदर्शन गरेर महानगरपालिकामा आफ्नो उपस्थिति देखाए पनि एक्लै चुनावमा उठ्ने हिम्मत गर्दैन । महानगरपालिकामा उम्मेदवारी दिने नेताको पनि अभाव देखिएको छ । यसअघि मेयरमा चुनाव हार्नु भएको विमल श्रीवास्तवले मेयरमा उठ्नु भयो भने लोसपाका लागि प्लस प्वाइन्ट हुन्छ तर विमल श्रीवास्तव चुनाव हार्नका लागि त्यो रिस्क लिनुहुन्न । लोसपाबाट मेयरमा उठ्ने पुरुषोत्तम झाको चर्चा छ । उहाँ राजा ज्ञानेन्द्रको शासनकालामा उपमेयर हुनुहुन्थ्यो । त्यतिबेला विमल श्रीवास्तव मेयर हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया