काठमाडौ असोज २६ गते । असोज २४ गते भएको प्रधानमन्त्री चुनावमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय लोकतान्त्रिक मोर्चा र संघीय मधेशी मोर्चाले भाग लिएको कारण मधेशी ती मोर्चाहरुको निकै आलोचना भएको छ ।
आलोचनाका करण तीनटै मोर्चामा चिरा परेको छ ।
विजयकुमार गच्छदारले नेतृत्व गरेको संघीय लोकतान्त्रिक मोर्चा विभाजन भएको छ भने अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबाट सरिता गिरी राजिनामा दिनु भएको छ ।
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकलाई सद्भावना पार्टीले बहिष्कार गरेका छन् । त्यस्तै तमलोपाबाट संसद वृजेश गुप्ताले राजिनामा दिएका छन् । उनी पार्टीको साधारण सदस्य रहने गरी सबै पदबाट राजिनामा दिएको पार्टी स्रोतले जनाएको छ ।
यस्तै सद्भावना पार्टीका महासचिव मनिष सुमनले आफ्ना पार्टीका संसदलाई मधेशी मोर्चाका नेताहरुले जवर्जस्ती प्रधानमन्त्रीको चुनावमा भाग लिनका लागि दवाव दिएको आरोप लगाएका छन् ।
आफ्ना पार्टीका संसदहरु राजिनामा दिइसकेका छन् तर मोर्चाको बैठकमा सहभागि भएको बेला चुनावमा भाग लिनै पर्छ भनि जवर्जस्ती गरेको कारण भाग लिएको उनले बताएका छन् ।
आन्दोलनमा रहेका मधेशी मोर्चाको आलोचना बढ्दै गएपछि मोर्चाको बैठक दुई दिनदेखि बस्दै आएको छ । हिजो भएको मोर्चाको बैठकमा सद्भावना पार्टी उपस्थित नभएपछि कुनै निर्णय भएन अहिले तमलोपा कार्यालयमा मोर्चाको बैठक बसिरहेको छ ।
बैठक सकेपछि दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको चुनावमा किन भाग लिएको कुराको स्पष्ट पर्नेछ ।
मोर्चाका एक नेताले भने, आन्दोलन जारी नै छ आन्दोलनमा कुनै कमी आउने छैन । हामीले तीन दलको गठबन्धन भत्काउन र ओलीको फासिष्ट र उग्रवामपन्थीको विरुद्धमा मतदान गर्न यसो गरेको हो । यदि हामीलाई सरकारमा नै जानुपर्ने थियो भने हामीले ओलीलाई मत लिएर गच्छदार जस्तै सरकारमा जान सक्थे तर त्यस्तै नगरी तीन दलको गठबन्धन भत्काउनका लागि हामीले जानेर मतदान गरेका हौं ।




तपाईको प्रतिक्रिया