Khadya Bibhag

प्रधानमन्त्रीमा मतदान गरेकोमा विरोध, विरोध गर्नेमा तमलोपाका केन्द्रीय सदस्य पनि

काठमाडौ असोज २४ गते । व्यवस्थापिका संसदमा आज भएको प्रधानमन्त्रीको चुनावमा मधेशवादी दल बाँडिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका चार दल संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीले काँग्रेसका सभापति सुशिल कोइरालालाई मत दिएको छ भने संघीय लोकतान्त्रिक मोर्चामा रहेका मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् भने सोही मोर्चाका राजकिशो यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक र शरत सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पाटीले सभापति कोइरालालाई मत दिएको छ ।
त्यस्तै संघीय मधेशी मोर्चाका नेपाल सद्भावना पार्टीले पनि कोइरालालाई नै मत दिएको छ । यद्यपी मधेशी जनताले मधेशवादी दलको यो निर्णयलाई मन पराएको छैन । फेसबुक लगायत विभिन्न समाजिक सञ्जालमा त्यसको विरोेध भएको छ । खास गरि आन्दोलनमा लागेका युवाहरुले त्यसको काडा विरोध गरेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेशकुमार मण्डलले आफ्नो फेसबुकमा लेख्नु भएको छ, संविधान जलाउने मधेसी मोर्चाले त्यस संविधान अन्तर्गत प्रधानमन्त्री निर्वाचनमा पक्ष विपक्षमा मतदान गर्नु भनेको मधेस विरोधी संविधानलाई मान्यता दिनु सरह हो । म मान्दछु कि ओली मधेस र मधेसीलाई धेरै गाली गरेको छ । उसँग मधेसी जनताले हिसाव किताव गर्ने छन् । सँगै हामीले यो पनि बुझ्न जरुरी छ कि कोइराला मधेसको हितैषी पक्कै पनि होईन । उसको नेतृत्वको सरकारले ४५ जना मधेसीको हत्या गरेको छ । अर्को कुरा यस्तो असक्षम निकम्मा नेतृत्व जसले मधेसी जनताको हत्या हुँदा धृतराष्ट्र बनी टुलु टुलु हेरी मात्र रहे त्यस्ता लुटरालाई सघाएर मधेसले केही पाउँछन् भन्ने आश गर्नु हाम्रो मुर्खताबाहेक केही हुन्न । त्यसकारण हाम्रो निम्ति ति दुइटै खस हत्यारा हुन् । दुबैलाई कुनै दिन मधेसी जनाताको अदालतमा खडा गरौला । दुइटै चोर चोर मौसेरा भाइ हुन् । मतदानमा सहभागी भएर मोर्चाको बहिष्कार नीति विपरित जानुले हामीलाई भलाई गर्दैन । बरु उल्टै हाम्रो आन्दोलन र मधेसी जनताको भावनालाई ठेस पुग्ने छ । तसर्थ बहिष्कार गर्नु नै मोर्चाको लागी हितकर हुनेछ ।’

शुभनारायण यादव आफ्नो फेसबुकमा लेख्नु भएको छ, ‘प्रधानमन्त्री ओली बने या कोइराला १ इससे हमे क्या फरक पडता है । आखिर दोनो है तो एक ही वाप के औलाद १ मूल बात तो ए है कि हम लोग उस प्रकृयामे भाग हि क्यो ले । मधेसमे आन्दोलनरत दल प्रधानमंत्रीके चुनाबमे भाग लेनेका मतलब है नया‘ संविधान द्दण्ठद्द को स्विकार करना, एक तरफ संविधान जलाते है और दुसरे तरफ वही संविधानको मानकर संवैधानिक प्रकृयामे भाग लेते है, जनताको बलिदन करने के लिए सडकपे उतारे है और अपना सरकारमे जाने की चाह रखे है । घिन आती है । अब तो आन्दोलन करनेकी नैतिकता भी नही रही ।’

दिवेश झाले आफ्नो फेसबुकमा लेख्नु भएको छ, ‘विगत ५७ दिनों के निरन्तर आन्दोलन और ४५ मधेसियों के बलिदान का परिणाम यह रहा कि संविधान बनने के बाद आह्वान किये गये पहले संसद बैठक में मधेसी सभासदों द्वारा प्रधानमन्त्री के निर्वाचन में मतदान किया गया । आने वाले दिनों में इस मुद्दे पर तर्क–वितर्क तो होगा ही परन्तु मधेस के इन स्वघोषित मसिहाओं ने जो कुछ भी आज किया है वह मधेस को मँहगा अवश्य पड़ेगा । तर्क दिया जायगा कि “हम दबाव में थे” तो प्रश्न भी स्वाभाविक है कि “अगर एक कर्मचारी का फोन आपके लिये निर्णायक होता है तो क्या अब भी मधेस को आपके भरोसे अपना आन्दोलन चलाना चाहिये” । वैसे भी इस बार का मधेस आन्दोलन इन नेताओं ने आधे–अधूरे मन से शुरु किया था । वह तो मधेसी जनता का बलिदान और उत्साह ही है जिसके दबाव ने इन्हें अभी तक आन्दोलन में रहने को मजबूर किया हुआ है । परन्तु अब समय आ गया है कि मधेस अपना नेतृत्व फिर से परिभाषित करे ।’

तपाईको प्रतिक्रिया