आश्विन ३ गते । नयाँ संविधानको विरोधमा आज सम्पूर्ण तराई मधेशको जिल्ला सहित संसार भरि ने छरिएर बसिरहेका मधेशी–थारुले कालो दिन विभिन्न विरोध कार्यक्रम गरि मनाउँदैछन् ।
आज जारी गर्न गइरहेको संविधान प्रमुख तीनदलको एकलौटी संविधान हो, जुन मधेशी–थारु–मुस्लिम–आदिवासी–जनजाति विरोधी रहेको भन्दै संविधान जारी हुने दिन आज कालो दिनका रुपमा मनाउँदैछन् । मधेश–थरुहटमा सर्वसाधारण जनताले टाउकोमा कालो पट्टी बाँधेर, हातमा कालो झण्डा बोकेर तथा घरमा कालो झण्डा झुण्डियाएर कालो दिन मनाउँदैछन् ।
कालो पट्टि टाउकोमा बाँधेर मोटर साइकलमा कालो झण्डा फहराउदैँ मोटरसाइकल रेली पनि औरहीमा निकालेको छ । साथे विभिन्न विरोधको कार्यक्रम गर्दै संविधानलाई विरोध गरेको छ ।
मधेश आन्दोलन चलिरहेको वेला नै संविधान जारी गरि दिपावली मनाउने भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संयुक्त थरुहट मधेशी मोर्चा, थारु संघर्ष समिति, मुस्लिम गठबन्धनहरुको संयुक्त आह्वानमा कालो दिन मनाइदैछ । अर्कोतर्फ अधिकांशले स्वस्फूर्तरुपमा मधेशी–थारु–मुस्लिमहरुले कालो दिन मनाउँदै छन् ।







तपाईको प्रतिक्रिया