सप्तरीको पत्रकारहरुले असोज ३ र ४ गते यस्तो गर्ने निर्णय भएको छ,

सप्तरी, आश्विन २ गते । सप्तरीका स्थानिय पत्रकारहरुले असोज ३ गते कलो दिवसका रुपमा मनाएर मधेश आन्दोलनको सशक्त बनाउने कार्यनिति तय गरेको छ । सप्तरी शाखाको मधेशी पत्रकार संघ, मैथिली पत्रकार परिषद्, राष्ट्रिय मिडिया पत्रकार सञ्जाल, नेपाल प्रेस युनियन, आदिवासी जनजाति पत्रकार महासंघ, मधेशी पत्रकार समाज लगायतका पत्रकार संघ संस्थाहरुको बैठकले निम्न अनुसारको निर्णय गरेको छ ।

१= आईतवार विहान ८ बजे राजविराजमा पत्रकारहरुले कालो ब्यानर सहित मौन जुलुश प्रदर्शन गर्ने

२= हातमा कालो पट्टी बाँधेर कार्य सम्पादन गर्ने ।

३= राजविराजवाट प्रकाशित पत्रिकाहरुले आईतवार र सोमवारको अंकमा सम्पादकियको ठाउँमा कालो पोतेर प्रकाशन गर्ने ।

४= एफएम रेडियोहरुले साँझ ७ बजे देखि १५ मिनेट शोक धुन वजानउने ।

तपाईको प्रतिक्रिया