काठमाडौ असोज २ गते । नेपाली काँग्रेस, नकेपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का नेताहरुले आन्दोलनकारीलाई वार्ताका लागि आह्वान गरेकोप्रति संयुक्त लोकतान्त्रिक मधेशी मार्चाका नेताहरु सकारात्मक देखिएको छैन ।
मधेशी मोर्चाका एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विवाहको निम्तो जस्तो आह्वान गरेर कही वार्ता हुन्छ, सविधान सविधान घोषणा हुने दिनको अघिल्लो दिन वार्ताका आह्वान गरेर दुनियाँलाई देखाउन खोजेको हो कि हेर्नुस् अन्तिम समयमा आएर आफूहरुले वार्ताका लागि आह्वान गरे तर आन्दोलनकारीहरु वार्तामा आएन भन्दै यो वार्ताका लागि अर्को नौट्की भएको बताए ।
उनले भने, हामी वार्ताका विरोधी होइनौ तर त्यसका लागि वतवरण बन्नुपर्छ । वार्ताका लागि आह्वान गर्नुभएको छ तर वार्ता कहाँ, कोसँग कतिवजे गर्ने केही खुलाइएको छैन । भोली सविधान घोषणा हुँदैछ । यस अवस्थामा वार्ता गर्न कसरी संम्भव हुन्छ ? उहाँहरुले भोलीको सविधान घोषणा कार्यक्रम स्थगित गरोस् हामीले राखेको चार शर्त पूरा गरोस् हामी वार्तामा बस्नका लागि तयार छौ ।’
तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठीले पनि तीन दल वार्ताप्रति गम्भिर नदेखिएको आरोप लगाउनुभयो । आन्दोलनकारी भोलीको दिनलाई कालोदिवसको रुपमा मनाउँदछन् उनीहरुले खुशीयाली मनाउन आउनुस् भनिरहेको छ, यसमा अवस्थामा वार्ताको कुनै सम्भावना छैन, उनले भने, हामी वार्ताको विरोधी होइन । वार्ताको वतावरण उनीहरुले बनाओस् । वार्ताका लागि समय, स्थान तथा वार्ता गर्ने व्यक्ति तोकोस् । हाम्रो शर्त पुरा गरोस् हामी वार्ताका लागि तयार छौ ।’
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले पनि वार्ताका लागि आह्वान गर्नु सकारात्मक भएपनि वार्ताप्रति तीन दलका नेताहरु इमान्दार नदेखिएको आरोप लगाए । उनले वार्ताका लागि आह्वान गरेपनि वार्ता केसँग गर्ने कहाँ गर्ने केही तोकेको छैन भने वार्ता कहाँ गर्ने भन्दै यो वार्ताको नाममा तीन दलको नौटकी मात्र हो दुनियाँलाई देखाउनका लागि यो स्टण्ट हो त्यसैले वार्ताको वतावरण बनाए मात्र वार्तामा जाने बताए । पत्रकार सम्मेलन गरेर भोलीको सविधान घोषणा कार्यक्रममा सहभागि भएर खुशीयाली मनाउन आउनुस् भनेको मात्र हो वार्तामा बोलाएको होइन भन्दै नेता कर्णले वार्ताको वतावरण बनाउने जिम्मेवारी सरकारको रहको बताए ।
संघीय लोकतान्त्रिक मोर्चाका एकघटक मधेशी जनअधिकार फोरम नेपालका महासचिव जितेन्द्र देवले यो दुई दिनमा वार्ता हुने कुनै सम्भावना नरहेको बताउँदै तीन दलले वार्ताका नाममा गरेको नौट्की मात्र हो, वार्ताका लागि इमान्दार भएको भए हिजो (शुक्रवार) नै आफूहरुसँग वार्ता सम्पन्न हुन्थ्यो तर तीन दलका नेता इमान्दार नभएको कारण वार्ता असफल भएको बताए ।
उनले सविधान घोषणा भएपछि मात्र वार्ताको वतावरण बन्छ र सहमति हुन्छ त्यसअघि वार्ताको कुनै संभावना आफूले नदेखेको बताए ।




तपाईको प्रतिक्रिया