काठमाडौँ, भदौ ३१ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका दलहरुले सीमांकनको विरोधमा र मधेशको मुदामा आन्दोलन गरिरहेको मधेसी मोर्चाले सरकारसँग वार्ताको ढोका खुला राखेर आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
राजधानीमा औपचारिक रुपमा बिहिबार बसेको मोर्चाको बैठकले संविधान जारी हुने दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने र ४ गते विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । सरकारसँगको वार्ताका लागि मोर्चाले मधेसमा भइरहेको आन्दोलनमा सरकारले गरिरहेको दमन अन्त्य गर्नुपर्ने र सरकारले औपचारिक आह्वान गर्नुपर्ने पूर्वसर्त राखेको छ ।




तपाईको प्रतिक्रिया