काठमाडौं,भदौ ३१ गते । एसएलसी पूरक -मौका_ परीक्षाको परीक्षाफल आज सार्वजनिक हुने भएको छ । आज बिहान १० बजेभित्रमा परीक्षाफल सार्वजनिक गरिसक्ने तयारी भइरहेको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।
२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि गएको साउन २० देखि ३० गतेसम्म मौका परीक्षा सञ्चालन भएको थियो । परीक्षामा कूल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४ सय ७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया