Khadya Bibhag

रौतहटमा प्रहरीको गोली लागेर राजकिशोरको मृत्यू

रौतहट भदौ ८ गते । रौतहटको सदरमुकाम गौरस्थित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोलीबाट एकजना आन्दोलनकारीको मृत्यु भएको छ । स्थानिय प्रशासनद्धारा दंगाग्रस्त क्षेत्र घोषण गरिएको गौर बीपी चौकमा भएको दोहरो झडपमा दिउँसो तीन वजे प्रहरीले चलाएको गोली लागेर महौलिया गाविसका महेन्द्र ठाकुरका छोरा राजकिशोर ठाकुरको मृत्यु भएको नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी गराए ।
गोली लागेर घाइते भएका ठाकुरलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा चिकित्सकले अवस्था नाजुक रहेको बताएपछि थप उपचारको लागि एम्बुलेन्सबाट वीरगञ्जतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
डिएस्पी शुधिरराज शाहीका अनुसार निसेधित क्षेत्रमा प्रहरीमाथी ढुंगा मुढा गरीरहेको क्रममा जती सम्झाउदा पनी नमाने पछी बाध्यभइ प्रहरीले गोली चलाएको बताएका छन । हाल गौर नगरक्षेत्र भित्र नेपाली शेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्तटोलीले सुरक्षा गस्ती गरीरहेको उनले जनाएका छन । उता संघिय मधेशी फोरमनेपालका केन्द्रिय सदस्य रामकिशोर यादवले बिपि चौक र कबीर चौकको बिचमा प्रहरी र आन्दोलनकारी बिच भइरहेको झडप सकेको थियो । सोही बाटो भएर एकलै गइरहेका ठाकुरलाइ प्रहरीले बर्बरता पुर्वक गोली हानेर मारेको दाबी गरेका छन । गृहमन्त्री बामदेव गौतमको इशारा
मा सुरक्षा निकायले मधेशीलाइ हत्या गरीरहेको बताएका छन ।

तपाईको प्रतिक्रिया