Khadya Bibhag

टीकापुरको घटनालाई लिएर फोरम नेपालको यस्तो आयो विज्ञप्ति

मिति ः २०७२।०५।०७

प्रेस विज्ञप्ति

प्रतिगामीे संविधानको मस्यौदा विरुद्धमा, अग्रगमन र परिवर्तनलाई संस्थागत गराउन र पहिचान र सिमाङ्कन सहितको लोकतान्त्रिक संविधान निर्माण गर्ने पुनितः उद्देश्यका साथआन्दोलनरत सङ्घीय समाजवादी फोरम, नेपाल समेत  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको शान्तीपूर्ण आन्दोलनमा सहभागी जनता माथि राज्यपक्षले सुनियोजित ढङ्गवाट प्रहरी प्रशासन परिचालन गरी देशका विभिन्न स्थानमा आन्दोलनलाई निस्तेज गर्ने, धरपकड गर्ने, लाठी प्रहार अश्रुग्यास हान्ने, गोली हान्ने लगायत कायरतापूर्ण सरकारी दमन र ज्यादती गरिरहेको घटना प्रति सङ्घीय समाजवादी फोरम, नेपाल घोर भत्सर्ना गर्दछ ।
आज मिति २०७२।०५।०७मा कैलालीको टिकापुरमा शान्तीपूर्ण आन्दोलनलाई दमन गर्न सरकारले प्रहरी परिचालन गर्दा आन्दोलनकारी र सरकारी पक्षबिच भएको भिडन्तको घटनाले देश आन्दोलित वनेको छ । राज्यपक्षको अपरिपक्व गैरकानूनी निर्णयले जनता थप आन्दोलित भएका छन् । त्यहाँ आन्दोलनको क्रममा मृत्यु भएका आन्दोलनकारीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ र मृतक सुरक्षकर्मीहरु प्रति दुःख प्रकट गर्दछौ ।
विगतका  सहमतीलाई संस्थागत गरी नेपाली जनताको चाहना अनुसार पहिचान सहितको सङ्घीयता र सङ्घीयता र सिमाङ्कन सहितको लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संविधान सभावाटै निर्माण गर्न का लागि आन्दोलनरत राजनीतिक दलका कार्यकर्ता  लगायत नेतागण शान्तीपूर्ण ¥यालीमा रहेको अवस्थामा  सिरहा, सर्लाही, रौतहट, रूपन्देहीको भैरहवा,वाँके लगायत देशका विभिन्न जिल्लाहरूमा राज्यपक्षले कायरतापूर्ण प्रहरी दमन गरी अराजनीतिक गतिविधि गरेबाट सिङ्गो देश स्तव्ध भएको छ । यस घटना क्रमले राष्ट्रिय अन्तर्रष्ट्रिय स्तरमा अग्रगमन र परिवर्तनका वाधक, यथास्थितीवादी चार दलिय गठवन्धनबाट वनेको निरङ्कुश तानाशाही सरकारको घोर निन्दा भइरहेको परिपेक्ष्यमा आन्दोलनरत राजनीतिक दलका नेता तथा कार्यकर्ता र सम्पूर्ण नेपाली जनता समक्ष उच्च मनोवल र आत्मसम्मानका साथ शान्तीपूर्ण आन्दोनमा सहभागी हुन आह्वान गर्दै, सरकारद्धारा जनताको न्यायपूर्ण सङ्घर्ष माथि भएको भेदभाव,दमन र उत्पीडनका कारण तराई मधेश तथा थरुहट क्षेत्रमा भएको सङ्घर्षले जन विद्रोहको रूप लिन पुगेको छ । त्यसलाई साम्प्रदायिक रूप दिई जनताको ध्यान अन्त मोड्न र सरकारले चरम दमन गर्नु दुःखद पक्ष हो । नेपाल सरकारद्वारा एकातिर अखण्ड सुदुरपश्चिम मध्यपश्चिम जस्ता मागहरूलाई सम्वोधन गर्ने र अर्को तिर बिगतमा भएका सम्पूर्ण सम्झौताहरू  तथा नेपालको अन्तरिम संविधान, २०६३ को भावना विपरीत मधेश, थरुहट, मगरात, किरात, लिम्वुवान, ताम्सालिङ ,शेर्पा, नेवाः, तमुवान, खसान र शिल्पी विषेश प्रदेश लगायतका पहिचान सहितको सङ्घीयताको पक्षधर जनताका मागलाई बेवास्ता गर्नुले देश गृहयुद्ध तर्फ उन्मुख हुदै गएको छ ।  सरकार, सत्तासीन दलहरूको गलत कामको परिणाम हाल थरुहटको कैलाली टिकापुरका साथै भैरहवामा भएको हिंसात्मक द्वन्द्व तथा मधेशको सिरहा, सर्लाही र रौतहट लगायतका ठाउँहरूमा भएको भिडन्तले यस कुराको प्रमाणित गरेको छ । हामी यस घटनामा दिवङ्गत भएकाहरू प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै सरकारको तर्फवाट दङ्गाग्रस्त क्षेत्रको घोषणा गर्नु देशको आन्तरिक द्वन्द्वमा सेना परिचालन गर्नु नेपालको अन्तरिम संविधान, २०६३ को भावना र मर्म विवरीत भएको हुँदा सङ्घीय समाजवादी फोरम, नेपाल यस सरकारी निर्णयको घोर विरोधगर्दै उक्त निर्णय तुरुन्त फिर्ता गर्न जोडदार माग गर्दछ ।
राजनीतिक दल , तिनका नेता र सञ्चार माध्यमहरूले अप्रमाणित अतिरञ्जित र एक पक्षीय ढङ्गले दृष्टिकोण र समाचार सम्प्रेषण नगर्न सरोकारवाला सवैसँग गम्भीरतापूर्वक अनुरोध समेत गर्दछौ । शान्तीपूर्ण आन्दोलनमा रहेका जनताको मागलाई सम्वोधन गर्न हाल संविधान निर्माणको क्रममा संविधान सभाका सम्पूर्ण प्रक्रियाहरूलाई तुरुन्त स्थगन गरी जनताले उठाइरहेका न्यायपूर्ण आवाजहरूलाई सम्वोधन गर्न र निरन्तरको सरकारी दमनवाट थप अकल्पनीय परिस्थितिको सिर्जना भएमा सरकार पक्षले त्यसको जवाफदेहिता र जिम्मेवारी लिनु पर्ने हुँदा शान्तिपूर्ण रूपले धर्ना, जुलुस गरी राजनीतिक गतिविधिका साथ राज्य सँग आफ्ना माग राख्न पाउने संविधान प्रदत्त हक हनन् नगर्न र मानवअधिकारको सम्मान गर्न जोडदार माग गरिएको छ ।

रणध्वज कन्दङ्वा
महासचिव
सङ्घीय समाजवादी फोरम, नेपाल
केन्द्रीय कार्यालय काठमाडौं

तपाईको प्रतिक्रिया