झापा, भदौ ८ गते । नेपालमा आएको महाविनाशकारी भुकम्पको कारण बंगलादेश सरकारले भूकम्पपीडितका लागि पठाएको खाद्यान्न झापाका गोदाममै थन्किएको छ । पूर्वीनाका कांकरभिट्टा हुँदै नेपाल भित्रिएको एक लाख क्विन्टलमध्ये ६० हजार क्विन्टल चामल नेपाल खाद्य संस्थानको बिर्तामोडस्थित अञ्चल कार्यालयको गोदाममा थन्किएको हो । सरकारी उदासिनता र सुस्त ढुवानी प्रक्रियाका कारण अपेक्षा अनुसार प्रभावित क्षेत्रमा सहायताको खाद्यान्न पुग्न सकेको छैन । तर, माथिल्लो निकायको आदेशअनुसार नै खाद्यान्न ढुवानी भइरहेको नेपाल खाद्य संस्थानको मेची अञ्चल कार्यालयले जनाएको छ । संस्थानका अञ्चल प्रमुख मार्कण्डेय जैसवालले सरकारको निर्देशनका आधारमा ४० हजार क्विन्टल चामल प्रभावित क्षेत्रमा पठाइएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।



तपाईको प्रतिक्रिया