Khadya Bibhag

कुकुरलाई जथाभावी मलमुत्र गराए जरिवाना

काठमाडौं,भदौ ८ गते ।  सार्वजनिक स्थलमा डुलाउने बहानामा कुकुर ल्याएर आफ्ना घर अगाडि, सडकमा मलमुत्र त्याग गराउने छिमेकीसँग हैरान काठमाडौं महानगरबासीले राहत पाउने भएका छन् । काठमाडौं महानगरपालिकाले घर अगाडि, सडकमा वा सार्वजनिक स्थानमा कुकुर ल्याई मलमुत्र त्याग गराउने कुकुरधनीलाई कारबाही गर्ने भएको छ ।
मलमुत्र गराउने कुकुरधनीमाथि कारबाही गराउने चाहनेले मोबाइलले खिचेको तस्बिरसहित गुनासो गरे महानगरपालिकाले कारबाही गर्ने जनाएको छ । कुकुरधनीको पहिचान भए महानगरपालिकाले सय रुपैयाँ जरिवाना गर्ने नागरिकमा खबर छ ।
कारबाही साउन एक गेतदेखि नै लागू भैसकेको महानगरपालिका जनस्वास्थ्य तथा सामाजिक विकास विभाग प्रमुख राज्यप्रकाश प्रधानांगले जानकारी दिए ।

तपाईको प्रतिक्रिया