वीरगंज,भदौ ७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र अन्य राजनीतिक दलको १० दिनदेखि जारी बन्दका कारण चार हजार मालबहाक गाडी मुलुकको प्रमुख नाका वीरगन्ज नजिकै भारतीय सीमाक्षेत्रमा थन्किएका छन् ।
एउटा गाडीमा औसत २० टन बोक्ने समान साताभन्दा बढी समयदेखि रोकिँदा कम्तीमा ८० हजार टन सामान अलपत्र परेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको नागरिकमा खबर छ ।
मालबाहक ट्रक, कन्टेनर, प्लेटर्फम ट्रक, भेहिकल कार्गोलगायत गाडीको लर्को सीमावती भारतीय सहर रक्सौलको लक्ष्मीपुरदेखि करिब २५ किलोमिटरसम्म देखिएको छ ।



तपाईको प्रतिक्रिया