Khadya Bibhag

जनकपुरमा ओर्लियो मानव सागर (फोटो फिचर)

अतिश मिश्र, जनकपुरधाम, भदौ ६ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जारी राखेको मधेश थरुहट बन्दको ९ नवौ दिन सम्म सरकारले मांग सम्बोधन गर्न कुनै चासो नदेखाएपछि आन्दोलनको समर्थन गर्दै आइतवार जनकपुरको सडकमा मानव सागर नै ओर्लिएको छ । 
सरकारले मधेशीहरुको मांग सम्बोधन गर्ने आसमा रहेको जनकपुरका नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी तथा पेशाकर्मीहरु शीर्ष तीन दलले अन्तिम मस्यौदामा समेत मधेशको मांग सम्बोधन गर्ने छाँटकाँट नदेखाएपछि सडकमा ओर्लिएका हुन । 

आन्दोलनकर्ता दलहरुको व्यानर तथा झण्डा विना लोकतान्त्रिक मधेशी समाजको व्यानरमा निस्केको मौन जुलुसमा हजारौको सहभागिता रहेको थियो । स्वस्पूmर्त रुपमा स्थानीय जनकचौकमा जम्मा भएको उद्योगी व्यवसायी, चिकित्सक, प्राध्यापक, इन्जिनियर, युवा, शिक्षक, अधिवक्ता सहित हजारौको सं्रख्यामा सहभागीहरु रामचोक, सोनारपट्टी, जानकी चोक, शिवचोक, भानुचौक, स्टेशन एरिया, मिल्स एरिया , जानकीचौक हुँदै पुनः जनकचोक पुगी कोण सभामा परिणत भएको थियो ।

 
कोणसभामा तत्कालिन राज्यपुनःसंरचना सुझाव समितिका सदस्या डा। प्रा। भोगेन्द्र झा, बरिष्ठ चिकित्सक एवं सभासद डा। विजय कुमार सिंह र जनकपुर उद्योग वाणिज्यका अध्यक्ष शिवशंकर साह लगायतका वक्ताहरुले सरकार कान मा तेल हालेर सुतेको कारण आफुहरुलाई सडकमा आउनु पर्ने बताए । जारी आन्दोलन कुनै दल वा संगठनको नरहेको बताउदै वक्ताहरुले मधेशका अधिकारका लागि आफुहरु सडकमा ओर्लि सकेको बताउदै मांग पुरा नहुन्जेल सडकमै रहने प्रतिवद्धता जनाएका थिए । 
आन्दोलनरत राजनीतिकदलहरुलाई वक्ताहरुले साशक वर्गको ललिपपमा नफस्न आग्रह गर्दै आन्दोलनलाई निर्णायक बनाउनु पर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया