–अशोक मेहता (भारतीय पूर्व जनरल)
नेपालले चीन तिर र भारततिर पनि हेरका छन् । जुन कुटनीटिक हिसाबले राम्रो भएपनि भारतको सुरक्षाको दृष्टिले त्यति राम्रो होइन । भारतका लागि चीन धेरै संवदेनशिल कुरा हो । र भारत नेपालको असल मित्र हो भने नेपालले चीनसँग सम्बन्ध राख्दा एकपटक सोच्नै पर्ने हुन्छ । नेपाल र भारतबीचको सम्बन्ध र चीन र नेपालीबीचको सम्बन्धमा धेरै फरक छ । पृथ्वीनाराण शाहले भनेर जानु भएको छ कि दुई ढुगांबीचको तरुल हो नेपाल । यी दुई देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको छ । र, हालसम्म कायम राखेको छ । यद्यपी भारत र चीनबीचमा एउटा युद्ध भएको थियो सीमाको समस्यालाई लिएर । त्यसबेलादेखि भारत र चीनको राम्रो सम्बन्ध छैन ।
चीनले पाकिस्तानलाई सहयोग गरिरहेका छन् जबकि पाकिस्तान भारतको दुस्मन हो । यसरी पाकिस्तान, चीन र भारतबीच त्रिकोणीय सम्बन्ध रहेको छ । भारतको जुन सुरक्षाको समस्या छ छ त्यो नेपालबाट निस्केको हो । भारतका लागि पहिलो समस्या चीन हो । भौगोलिक हिसाबले नेपालसँग चीन नजिक छ । त्यस हिसाबले पनि भारतले नेपाललाई विशेष नजरले हेरेको छ । नेपालमा चीनको दिन दिनै चासो बढ्दै गएको छ । चीनले नयाँ नयाँ कुराको नयाँ नयाँ योजनाको प्रवेश नेपालमा गराउँदैछ । माओवादीको बेलादेखि नै चीनले आफ्नो आर्थिक शक्तिका कारण नेपालमा सञ्जाल विस्तार गरेको छ । ३० भन्दा बढी चिनियाँ सेन्टर, ठमेलमा ठाउँ ठाउँमा चिनियाँ रेष्टुरेन्टलगायत थुप्रै सञ्जालहरु नेपालमा रहेका छन् ।
चीनले नेपालमा गतिविधि गर्न पाउँदैन भन्ने होइन तर गतिविधि गर्दा त्यसले अरुलाई असर परिरहेको छ कि छैन । गतिविधिबाट को को प्रभावित भए त्यो कुराको ख्याल गर्नुपर्छ । नेपालले यो कुराको ख्याल गर्नुपर्छ कि चीनको गतविधिका कारण भारत असुरक्षित नहोस् । नेपालमा चीनको गतिविधिले भारतको सुरक्षामा असर नपरोस् । भारतमा जतिपनि आतकंकारी गतिविधि हुनेका गरेका छन् ती सबै नेपाललाई नै माध्यम बनाएका हुन्छन् । चाहेको काश्मीरी आतकंवादी होस्, पाकिस्तानी आतंकवादी होस् । या भारतीय जालीनोटको कारोवार होस् सबैमा नेपाललाई सेन्टर प्वाइन्ट बनाएको हुन्छ । पाकिस्तानी आतंकवादीले नेपालबाट भारतको प्लेन हाइज्याक (अपहरण) गरेकै हो ।
चीनले नेपालमा डेभलपमेन्टको नाममा आफ्नो ठाउँ बनाउँदैछन् । ठाउँ बनाई सकेपछि उसले के गर्छ सबैलाई थाह छ । चीनले पटक पटक नेपाललाई भन्दै आएका छन् कि नेपालको पोल्टीक्समा हाम्रो केही इन्ट्रेस्ट छैन तर हेर्नुस् नेपालको पोल्टीक्समा चीनको कस्तो प्रभाव छ । छर्लगं देखिन्छ । राजा महेन्द्रको समयमा चीनले तराई मधेशमा कुनै पनि प्रोजेक्ट तथा अन्य कुनै पनि गतिविधि गर्न नपाउने भनि नेपाल र भारतको बीचमा सम्झौता भएको थियो । तर अहिले हेर्नुस्, उनीहरु तराईमा छिरेर त्यहाँ एयरपोर्टहरु बनाउन थालेका छन् । बाटो बनाउन थालेका छन् । चाइना सेन्टरहरु खुलेका छन् ।
चीन भारतको दुश्मन हो । चीनसँग भारले युद्ध लडेको हो । एक अर्कालाई त्यही नजरले हेर्ने गरेको छ । चीनको मान्छे तराईमा आयो भने त्यो त भारत पसे जस्तो हुन्छ । त्यसैले चीनका लागि नेपालमा गतिविधि गर्ने रेडलाइन (सीमारेखा) हुनुपर्छ कि उसले यहाँसम्म मात्र काम गर्न पाउनु पर्छ । त्यो रेडलाइन भन्दा अगाडि जान पाउँदैन । अब रेडलाइन कहाँसम्म हुन्छ त्यो नेपालले विचार गर्नुपर्ने हुन्छ । चीनका लागि भारत कति संवदेनशिल हो भन्ने कुरा नेपालले बुझ्नु पर्ने हो ।
नेपाल आफैमा स्वतन्त्र देश हो । चीनलाई जहाँ पनि काम गर्न दिन सकिन्छ तर त्यसले अरुलाई कति असर गर्छ, गर्दैनन् त्यो कुराको ख्याल गर्ने जिम्मेवारी नेपालको नै हो । अब भोली पर्सी चीनले नेपालमा रेल ल्याउँदैछ । त्यसको आवश्यकता किन परयो ? आज काठमाडौसम्म ल्याउने कुरा मात्र हुँदैछ भोली तराईसम्म जाला । अनि त्यसले भारतको अवस्था के होला । नेपालले एकपटक पनि विचार गरेको छ ? के ती रेलमा चीनियाँ टुरिष्ट मात्रै आउने हो त ? डेभलपमेन्टका लागि त्यो राम्रो हुनसक्छ । डेभलेपमेन्टको नाममा सुरक्षा गर्ने भनि चीनका सुरक्षाकर्मी नेपाल आउँछ । त्यसपछि सेना आउँछ । सेनालाई सुरक्षा दिन इन्टलिजेन्स आउँछ त्यसपछि सादा पोशाकका सुरक्षाकर्मी आउँछन् । यसरी विभिन्न किसिमका सुरक्षाकर्मीहरु नेपालमा भर्दै जान्छ र पछि त्यसले भारतलाई चाइलेन्ज गर्छ ।
यदि नेपाल श्रीलंकाको ठाउँमा भएको भए हामीलाई कुनै चासो हुँदैन्थ्यो । तर चीन हाम्रो दुश्मन भएको कारणले उसको गतिविधि नेपालमा बढ्यो र भारत र नेपालको खुल्ला सिमाना भएको कारणले मात्र भारतको चासो बढेको हो नत्र श्रीलंकाको ठाउँमा भएको भए यति सारो चासो हुने थिएन । पछिल्लो समय नेपालले पाकिस्तानी आतंकावादीलाई समातेर भारतलाई बुझाउने काम गरिरहेका छन् । यो राम्रो पक्ष हो । पहिला त्यस्तो थिएन । पहिला नेपाल आइएसआईको जड थियो । कर्णाली होटलमा आइएसआईको अखडा नै थियो । अप्रेशन टोफेल यहीबाट खेलिरहेको थियो । हवाई जहाज यहीबाट हाइज्याक भएको हो । जालीनोटको कारोबार यहीबाट हुन्थ्यो । अहिले आएर पाकिस्तानलाई लिएर नेपालले भारतसँग राम्रो कर्पेशन गरेको छ । चीनका लागि पनि त्यस्तै चाहन्छ ।
चीनले तिब्बतको कुरा गर्दा खेरी नेपाल एकदम एलर्ट हुन्छ । दलाई लामाका अफिसहरु बन्द गराई दिन्छ । दलाई लामाका मान्छेहरुलाई समाति दिन्छ । उसको गतिविधिमा रोक लगाउँछन् । तर भारतले चीनको बारेमा पटक पटक भन्दा कुनै वास्ता गर्दैनन् त्यसो किन भारतकोे चासो यति हो । सन् १९७७ मा ख्वाम्पा घटना हुँदा चीनले त्यसलाई रोक भन्दा नेपालले रोकेकैको हो नि । तिमीले रोकेनौ भने हामी आएर रोक्छौ । भारतले त्यस्तो भन्न पाउँछ कि पाउँदैन ?
(काठमाडौ आएको बेला मेहतासँग गरिएको कुराकानीमा आधारीत)



तपाईको प्रतिक्रिया