इनरुवा, भदौ ५ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आयोजना गरेको आमसभामा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैलाई मान्य हुने संविधान निर्माण गर्नुपर्ने बताउनु भयो ।
सुनसरी सदरमुकाम इनरुवामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको आमसभामा अध्यक्ष यादवले अहिलेको सात प्रदेशीय सङ्घीयताले मधेसी, आदिवासी जनजाति, दलित महिलाको अधिकार सुनिश्चित नहुने दाबी गर्नुभयो ।
अध्यक्ष यादवले अधिकार र पहिचानका मुद्दालाई सात प्रदेशीय सङ्घीयताले सम्बोधन गर्न नसक्ने भएकाले आफूहरु आन्दोलनमा उत्रिनु परेको उहाँको भनाइ छ ।
साथै आमसभामा सहभागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अहिलेको चार दलीय गठबन्धनले मधेसको अधिकारलाई कुन्ठित गर्न दुष्प्रयास गरेकाले आफुहरुले संविधानसभा छाडेको प्रष्ट पार्दै उनले देशको विकास र निकासको बाधकसमेत ठूला दल भएको आरोप लगाउनु भयो ।



तपाईको प्रतिक्रिया