काठमाडौँ, भदौँ ३ गते । तराई मधेश सद्भावना पार्टीको बरिष्ठ नेता रामनरेश रायले आफ्नो पार्टीको सभासदहरुले राजिनामा दिन सहि समयको पर्खाइमा रहेको छ भन्ने कुरा वताए । केन्द्रिय कार्यसमिती र केन्द्रिय वैठकमा संविधानसभावाट राजिनामा दिने विषयमा छलफल भएपनि अहिलेसम्म राजिनामा दिने कि नदिने विषयमा कुनै ठोस निर्णय चाही भएको छैन् ।
पार्टी अध्यक्षले संविधान सभावाट राजिनामा दिने विषयमा धेरै पहिले छलफल गरेको भए तापनि वर्तमान समयमा संविधान सभावाट राजिनामा लिने विषयमा पार्टीभित्र कुनै प्रकार सहमति सम्झौता नभएको वताए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आफ्नो पार्टी पनि पुर्णरुपमा आन्दोलित छ, संविधान सभावाट संविधान मधेशीको हकहितमा नभएसम्म हामी आन्दोलनमा नै रहनेछौ भन्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रादेशिक सरकार बनेपछि आन्दोलनमा शहादत प्राप्त गर्ने परिवारको भरणपोषणको लागि पचास लाख धनराशि र निशुल्क शिक्षा सहितको रोजगारी पनि दिने निर्णय गरेकोमा केही मिडियाहरुले गलत प्रचार प्रसार गरेकोमा उनी दुःख व्यक्त गर्दै भन्न्ु भयो कि भावनालाई बुझ्न नसकि मधेशी मोर्चाको निर्णललाई नराम्रो सेन्समा प्रसारण गरेको छ ।



तपाईको प्रतिक्रिया