काठमाडौँ, ३ भदौ । गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् ।
खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले आज स्थानीय सामाखुसीमा आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका प्रहरी प्रवक्ता कमलसिंह बमले दावी गरेका छन् ।
“प्रहरीमाथि जाई लागेपछि दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो” – नाइके समूहका सुरेन्द्र महर्जन र राज महर्जन घाइते भएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बमले दुईजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान पनि घाइते भएको जानकारी दिएका छन् । उनले ती तीनैजनाको वीर अस्पतालमा उपचार भइरहेको बताए ।
साथै घैँटे समूहका महर्जन द्वयको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी पनि उनले दिए ।
प्रहरीले यस्तो दावी गरिएपनि प्रहरीले इन्काउन्टर गरेर नै उनलाई मारेको प्रत्यदर्शीहरु बताउँछन् । काँग्रेस निकट मानिएका घैटे घरमा भात खाइरहेको बेला ६ जनाको समूहमा आएका सिभिल पोशाकका प्रहरीले गोली हानेर हत्या गरेको काँग्रेसका नेता जगदिश नरसिह बनाउँछन् । उनले पहिला अपराध गरेको नगरेको कुरा अदालतले पुष्टि गर्ने हो । अदालतले सफाई पनि दिइसकेको थियो । उनी निर्माण व्यवसायीको काममा लागेका थिए, तर गृहमन्त्रीको आदेशमा घैटे मारिहेको आरोप नरसिहको आरोप छ ।
तर अपराध महाशाखाका प्रमुख सर्वेन्द्रनाथ खनाल यो कुरा मान्न तयार छैन । उनले भने, घैटेको विरुद्धमा थुप्र्रै उजुरीहरु हामी कहाँ आइ पुगेका छन् । घैटे अपराधी गतिविधिमा संलग्न भएको सूचना हामी कहाँ आइरहेको थियो । त्यसैले हामी उहाँ र उहाँको घर वरिपर निगरानी बढाएका थियौ । घैटे घरमा छ भनि थाह पाएर हामी त्यहाँ खानतलासी गर्न पुगेका थियौ त्यतिकैमा उहाँका मान्छेहरुले हामीमाथि ढुंगा बर्साउन थाल्यो त्यसमो जवाफी कारवाही गर्दा उहाँ इन्काउन्टरमा मारिनु भएको हो ।




तपाईको प्रतिक्रिया