विराटनगर, भदौ ३ गते । लामो समयको अन्तरालपछि खेतीयोग्य वर्षा भएपछि पूर्वी क्षेत्रका किसान आज बिहानैदेखि रोपाइँमा व्यस्त भएका छन् ।
बुधबार अपराह्न धान रोपाइँ गर्न सकिने खालको वर्षा भएको र गएरातिदेखि झरीका रुपमा यहाँ वर्षा भइरहेका छन् ।
पूर्वी क्षेत्रको सप्तरी र सिरहामा ५० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ हुन सकेको छैन । यो वर्षाले ती दुई जिल्लाका किसानलाई धेरै बढी फाइदा पुग्ने विश्वास गरिएको छ ।
यो वर्षाबाछ झापा, मोरङ, सुनसरीका साथै पूर्वी पहाडी क्षेत्रका किसानलाई लाभ पुग्नेछ । रोपाइँ भएका धानबाली सुक्ने अवस्थामा पुगेको बेला परेको यो पानीले धानबालीलाई फाइदा पु¥याएको किसान रामधनी यादवले बताउनुभयो ।



तपाईको प्रतिक्रिया