काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक निर्भिकताका साथ उपयोग गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय सूचना दिवसको अवसरमा राष्ट्रिय सूचना आयोग र कीर्तिपुर नगरपालिकाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘सूचनाको हक’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सूचना प्राप्त गर्ने हकलाई सूचनाको हकसम्बन्धी ऐनले सुनिश्चित गराएका कारण निर्भिकताका साथ उक्त हकको उपयोग गर्नुपर्ने बताए ।
राज्यका निकायमा भइरहेका काम कारबाही सम्बन्धमा जानकारी राख्न पाउने जनताको अधिकार रहेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले जनतालाई सहजरुपमा सूचना उपलब्ध गराउनुपर्ने बताए ।
सूचनाको हक सम्बन्धमा अझै पनि धेरै व्यक्तिमा जानकारी नरहेको चर्चा गर्दै उनले त्यसबारे सर्वसाधारण जानकार हुनुपर्ने उल्लेख गरे ।
उनले ऐनअनुसार सूचना दिनुपर्ने निकायले सूचना लुकाएमा आयोगमा उजुरी गर्न सकिने बताए ।



तपाईको प्रतिक्रिया