Khadya Bibhag

मधेश आन्दोलनलाई बदनाम गराउँदै एमाओवादी (बाबुरामले देखे मधेशमा पृथकतावादी)

काठमाडौ भदौ २ गते । १६ बुँदे सम्झौता र त्यसमापछि आएका मस्यौदाको विरोधमा मधेशवादी आन्दोलनमा छन् तर एमाओवादी त्यसले त्यसलाई बदनामा गराउन लागि परेका छन् । एमाओवादीका ठूला ठूला नेतारु आन्दोलनको विरोधमा व्यक्तत्वहरु दिन थालेका छन् तर जनतामा भ्रम छर्ने काम गरिरहेको मधेशी मोर्चाका नेताहरुले आरोप लगाएका छन् ।
एमाओवादीका तीन ठूला दलका नेताहरुको भाषण सुनेपछि मधेशको आन्दोलनलाई नरुचाएको बुझ्न सकिन्छ । सो पार्टीको कार्यालयमा रामवृक्ष यादवको स्मृति दिवसमा आयोजित कार्यक्रममा नेता डा.बाबुराम भट्टराईले मधेशमा भएको आन्दोलनलाई बेतुकको आन्दोलन मात्र नभनेर सविधान निर्माण

हुन नदिने षड्यन्त्रमा आन्दोलन शुरु भएको आरोप लगाए ।

उनले भने, जहाँ जहाँ आन्दोलन भएको छ, उत्तेजित र जनतालाई भड्काउने खालको भएको छ । जनतालाई भड्काउन केही नेताहरु सचेत भएर नै लागेका छन् र यसबाट प्रष्ट हुन्छ कि उनीहरु सविधान निर्माण गर्न चाहेका छैन ।’ गलत उद्देश्यका लागि मधेशमा आन्दोलन भइरहेको छ, उनले दावीका साथ भने आन्दोलन पृथकतावादी तिर गइरहेको छ र देशलाई खण्डित गर्ने प्रयास गरिरहेको छ । यदि नेपालै नरहे यो संघीयता र गणतन्त्रका लागि कहाँ लड्ने । त्यसैले यस्ता आन्दोलनको पछि लाग्नु हुँदैन ।’
डा.बाबुराम भट्राईले मधेशको आन्दोलन पृथकतावादी तिर गइरहेको मात्रै भनेका छन् सोही पार्टीका सचिव वर्षमान पुनले रिर्पोटर्स क्लवामा गएर आन्दोलनको नाममा दुई–तीन सय मान्छे मार्ने योजना भएको सूचना आफूले पाएको दावी गरेका थिए । उनले भनेका थिए, आन्दोलनमा बल प्रयोग गरेर भड्काउने काम गर्नु हुँदैन । दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको जानकारी आएको छ । संविधान बन्न नदिने योजना छ । यसमा सचेत हुनु पर्छ । यसमा नेताहरु चुके संविधान बन्न नदिनेले फाईदा लिन्छन् ।
सोही पार्टीमा रहेर मधेशमा राजनीतिक गर्ने रामचन्द्र झाले मधेशका ८ जिल्ला सम्मलित दुई नम्बर प्रदेशको विरुद्धमा आन्दोलन गर्ने मधेशी नेताहरु गोहीको आँसु झारेको आरोप लगाए । आफूहरुले मधेशलाई पहडामा मिलाउनु पर्छ भन्दा हुँदैन, मधेशलाई पहाडसँग मिलाउनु हुँदैन भनेका थिए जब अहिले छुट्टै मधेश दिएका छन् भने मधेशी नेताहरु गोहीका आँसु झारिहेको आरोप लगाए ।
उनले अहिले आएका ६ प्रदेशको खाकामा सबभन्दा उत्कृष्ट दुई नम्बर (मधेश प्रदेश) को प्रदेश रहेको दावी गरे ।
जलस्रोत नभए के हुन्छ, त्यहाँ अरु विकासका सबभन्दा प्रबल सम्भावना भएको प्रदेश हो । चीनको सम्भावना त्यही छ, माछाको सम्भावना त्यही छ, पशुपालनको सम्भावना त्यही छ, आर्गे्निक खेतीको सम्भावना त्यही छ, नगदेवालीको सम्भावना त्यही छ । यस्तो सम्भावना भएको प्रदेश अरु कुनै प्रदेश नरहेको दावी गर्दै नेता झाले दुई नम्बर प्रदेशमा झापा, मोरगं र सुनसरी मिलाउनु पर्ने थियो तर नमिलाएपनि केही नविग्रेको स्पष्ट पारे ।
उनले झापा, मोरगं र सुनसरीका जनता दुई प्रदेशमा आउन चाहेका छैन भने के गर्ने प्रश्न गर्दै आठ जिल्लाको दुई नम्बरको प्रदेश सबभन्दा राम्रो भएको दोहोर्याए ।
२०६३–०६४ को आन्दोलनमा पनि माओवादीले मधेश आन्दोलन दवाउन निकै प्रयास गरेका थिए । एमाओवादीका अध्यक्ष प्रचण्डले त तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला समक्ष जनमुक्ति सेना र नेपाली सेना लगाएर मधेश आन्दोलन दबाउ भनेर प्रस्ताव नै लगेका थिए तर कोइरालाले सो प्रस्ताव स्वीकार गरेनन् ।
त्यस अवस्थामा माओवादीमा रहेका मातृका यादवलाई लगाएर रमेश महतोको लाश लुटेर आन्दोलन दवाएको कुरा मधेशी जनताले विर्सेका छैन । त्यसबाट पनि सम्भव नभएपछि गौरमा जनमुक्ति सेना लगाएर मधेशी आन्दोलनकारीलाई लखेट्ने प्रयास भएकै थियो तर त्यसको नतिजा के भयो त्यो एमाओवादीले राम्री बुझेका छन् । त्यसैले यसपटक पनि आन्दोलन दवाउने वा भड्काउने कुनै दुष्प्रयास कतैबाट नहोस् भनि मधेशी नेताहरुले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया