काठमाडौँ ३२ गते । नेपाल बन्द सफल पार्नको लागि सोमबार विहानैदेखि बन्द गराउन हिडेका तराई–मधेश लोकतान्त्रिक पार्टी लगायतका नेताहरु र दर्जनौँ कार्यकर्ताहरु पक्राउ परेका छन् । नयाँ बानेश्वरको पुलबाट र विजुलीवजारको पुलवाट उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले तराई मधेश लोकतान्त्रिक पाटीृको सह–महामन्त्री जितेन्द्र सोनल, केन्द्रिय सदस्य एवम पुर्वमन्त्री चन्दा चौधरी लगायत महिला नेतृहरु र त्यस्तै राजिव चौधरी, सुरेन्द्र तिवारी लगायतका तराई–मधेश विद्यार्थी फ्रण्टका अध्यक्ष एवं केन्द्रीय सदस्य सुरेश मण्डल, युवा फ्रन्टका महासचिव मुकेश झा, सहमहासचिव कामेन्द्र वर्मा, केन्द्रिय सदस्य शुसिल मिश्रा हरु लगायत दर्जनौँ कार्यकर्ता र नेतालाई प्रहरीले हिरासतमा लिएको छ ।
विहानैदेखि प्रर्दशनमा उत्रेका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ । त्यस्तै संघिय समाजवादी पाटीृको नेता अशोक राई, रामसहाय यादव , र तराई मधेश सद्भावना पाटीृको नेता रामबाबु दास लगायतको विभिन्न पार्टीको दर्जनौ नेताहरुलाई प्रहरीले प्रक्राउ गरि महाराजगंजस्थित प्रहरी चौकीमा राखिएको छ ।










तपाईको प्रतिक्रिया