Khadya Bibhag

आफुहरुको सहमतिविना मधेशमा संविधान लागु गर्न नदिने दाबीः हृदयश त्रिपाठी

काठमाडौैं, साउन ३१ गते । तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले आफूहरुको सहमति विना जारी गर्ने संविधान मधेसमा लागु गर्न नदिने दाबी गरेका छन् ।
उनले प्रस्तावित ६ प्रदेको सीमाकंनलाई बेइमान अमिनले खबार जमिनको कित्ताकात गरेको जस्तो भएको टिप्पणी गरे । थरुहट र मधेसवादी दल मिलेर आन्दोलनलाई अझै सशक्त बनाउने कुरामा जोड दिदैँ त्रिपाठी भने ।
’विगतमा थारु र मधेसवादीको बीचमा विगतमा शासक बर्गले फाटो ल्याउने काम गरेको भन्दै त्रिपाठीले त्यसविरुद्ध अहिले थरुहटसँग सहमति भइसकेको बताए । उनका अनुसार नवलपरासीदेखि कंचनपुरसम्म थरुहट र झापादेखि नवलपरासीसम्म मधेस
प्रदेश बनाउने सहमति भएको बताए । हजारौ जनता विरोध प्रदर्शनमा उत्रिएको दाबी गर्दै त्रिपाठीले आफूहरुको माग पुरा नभएसम्म आन्दोलन नरोकिने दाबी गरे ।

तपाईको प्रतिक्रिया