Khadya Bibhag

महोत्तरीमा गोली हानी हत्या

गौशाला, साउन ३१ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत चौकीदारले आपसी विवादमा भएपछि  गए राति आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोग लगाइएको छ ।
सुन्दरपुर–९ बस्ने ४४ वर्षीय चौकीदार महेश्वर झाको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छेन्द्र केसीले बताए । बैंकका सुरक्षामा खटिएका सर्लाही सुदामा–६ बस्ने ४५ वर्षीय अजय सिंहले आफूसँगै सुरक्षा दिइरहेका साथी झामाथि गोली प्रहार गरेको अभियोग लगाइएको छ ।
घटनापछि अभियुक्त सिंह फरार छन् । झाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाने तयारी र अभियुक्तको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

तपाईको प्रतिक्रिया